देउडा खेल प्रतियाेगितामा व्याक्तिवादी तरिकाले मूल्यांकन भयाे माग पुरा नभए सम्म खेल राेक्न खेलाडीकाे माग

देपेन्द्र ब. शाही
सुर्खेत
देउडा खेल प्रतियोगितामा व्याक्तीवादी अलाेकतान्त्रीक पुर्वाग्राहि
साधी मूल्यांकन गरिएकाे भन्दै देउडा खेलाडीहरुले बिराेध जनाएका छन ।
सांस्कृति संरक्षण समाज सिमकाेट हुम्लाकाे आयाेजनामा भइरहेकाे देउडा खेल प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरु र सुदुरपश्चीमका केही जिल्लाहरुका देउडा खेलाडीहरुले आफ्नाे टिम दर्ता गरि देउडा खेल प्रतियोगितामा सहभागी भएका थिय ।
साे देउडा खेल प्रतियोगितामा मूल्यांकनमा टाेलिमा देउडा सम्राट नेत्र राज शाही ,चर्चित गायिका रेखा जाेशी,
चर्चित देउडा गायक नन्द कृष्ण जाेशी र शान्ति शाही रहेका थिय।
विविध कारण बस रेखा जाेशी , नन्द कुष्ण जाेशी मूल्यांकन समूह बाट बाहिर भैसकेपछि नेत्रराज शाही र शान्ति शाहीले व्याक्तिवादी पूर्वाग्रही तरिकाले मूल्यांकन गरेकाे भन्दै खेलाडिहरुले गुनासाे गरेका छन ।
खेलकाे मूल्यांकन गर्ने नेत्र राज शाहीका अनुसार कुनै खेलाडी वा समुहकाे पक्ष नलि निष्पक्ष तरिकाले निणर्य लिएकाे र अन्य निर्णायक समुहमा बसेका निर्णायक मण्डलले भगाेलिक ,जातिय र व्याक्तिगत हिसाबले अन्य मूल्यांकन कर्ताले के गरे भन्ने आफुलाई थाहा भयन मैले दिएकाे नम्बर खेलाडिहरुलाई चित्त नबुझे आफुले लगाएकाे खेलकाे भिडियो हेरर आफैले मूल्यांकन गर्न र आफू भन्दा दिग्ज मूल्यांकन कर्ता ल्याएर फेरि जस्टिफाई गर्नु हाेस आफू आयाेजक तर्फ नरहेकाेले खेलाडीहरुलाई तपाईंहरुकाे ईच्छा अनुसार कानुनी प्रक्रियामा जान सल्लाह समेत दिएकाे शाहीले बताएका छन ।
सांस्कृतिक संरक्षण समाजका अध्यक्षका अनुसार दुबै टिमहरुलाई पूर्ण मूल्यांकन गर्ने टिम वा व्याक्ती आफैले छान्ने र साेहि गितमा फेरि खेल लगाउन आग्रह गर्दा पनि खेलाडीले नमानेकाे हुनाले आज खेल राेके र छलफलमा बसेकाे राेकायाले बताका छन ।
साथै जय बहादुर थापा र नन्दलाल रावत बिचकाे नतिजा चित्त नबुझेकाे भनी जिल्ला प्रशासन सुर्खेतमा निवेदन परेकाे हाे ।दुबै टिम सँग छलफल गरि विबाद नमिल्दा सम्म सबै खेल स्थगित भएकाे जानकारि अध्यक्षले विज्ञप्ति मार्फत दिएका छन ।
खेलाडीका मागहरु यस्ता छन ।
१. को कस सँग खेल्ने भन्ने कुरा राम बहादुर रावल, जय वीर थापा लगायत सम्पुर्ण देउडा खेलाडीले बिराेध जनाएका थिय ।
२. खेलिएका भिडीयोहरु हेरी ३ जना नयाँ मुल्यीकन होली बनाई पुन: मुल्यांकन गरीनु पर्ने ।
6. आज सम्म सहभागी सबै खेलाडी लाई बाटाे खर्च गरि राहो खर्च प्रदान गर्छ सम्मान साथ पढाउनु पर्ने ।
8. पूर्णाक भन्दा बढी अंक दिने, बराबर अंक दिने, होचुवा मा अत्र दिने जस्ता जम्भिर गल्ती गर्ने निर्णयकलाई कारवाही गर्ने ।
५. आयोजक संस्थाले बृहत कमजाेरि गरेकाले संस्था खारेज गर्ने र नेत्रराज शाहीकाे देउडा सम्राट पद खारेज गर्नु पर्ने माग समेत राखेका छन ।
उक्त देउडा खेल सुर्खेतकाे सिटिहलमा भैरहेकाे थियाे ।