मिति: ३० चैत्र २०८१, आईतवार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
जुम्लामा पत्रकारमाथि आक्रमण गरी हिरासत पुगेकी प्रमिला मुद्धा नटुङगिदै खुल्लम खुल्ला – Darsan Nepal
कर्णाली प्रदेशताजा समाचारमुख्य समाचार

जुम्लामा पत्रकारमाथि आक्रमण गरी हिरासत पुगेकी प्रमिला मुद्धा नटुङगिदै खुल्लम खुल्ला

२७ चैत, जुम्ला ।

महिला पत्रकार दिलमाया शाहीमाथि आक्रमण गरी हिरासतमा पुग्नु भएकी जुम्लाकी प्रमिला शाही मुद्धा छिनोफानो नहुदै हिरासत बाहिर खुल्लम खुल्ला हिडिरहनु भएको खुलासा भएको छ ।

प्रेस सेन्टर नेपाल जुम्ला तथा महिला जागरण डटकमका अध्यक्ष पत्रकार दिलमाया माथि फागुन २७ गते प्रमिलाले आक्रमण गर्नु भएको थियो । आफूमाथिको आक्रमणबारे प्रहरी प्रशासनमा उजुरी दिदा पनि वेवास्ता गरेको प्रहरीले लामो समयको दबाब पछि चैत्र ६ गते प्रमिला विरुद्ध अभद्र व्यवहारको मुद्धा दर्ता गरेको थियो ।

मुद्धा दर्तापछि पनि प्रहरीले राजनीतिक दवावका कारण प्रमिलालाई पक्राउ गरेको थिएन । प्रहरीको माथिल्लो निकायको दबाबपछि जुम्ला प्रहरीले अन्तत चैत्र २० गते प्रमिलालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्धामा हिरासत राखेको थियो । पक्राउ लगत्तै चैत्र २१ गते प्रमिलाको सामान्य स्वास्थ्य परिक्षणकाे लागि प्रहरीले अस्पताल लगेको थियो । तर पीडक प्रमिलाले हिरासत बसाईलाई छल्न पेट दुखेर विरामी भएको नाटक बनाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्जरी वाडमा भर्ना गरेको थियो ।

अस्पतालको सर्जरी वाडमा उपचारको लागि भर्ना हुदा प्रमिला विरामी जस्तो नभएर मोबाइल खेलाउँदै, फोनमा कुरा गर्दै, टिकटक बनाउदै गरेको टिकटक भिडियो पनि सार्वजनिक भएका छन । स्वास्थ्य उपचारमा रहदा पनि थुनुवाको सुरक्षा प्रहरी प्रशासनले गर्नु पर्ने हुन्छ । तर प्रहरीले भने सुरक्षा निगरानी विना प्रमिलालाई उपचारमा छोडेर कर्तव्य विहिन हुन पुग्यो । अस्पतालले पनि सेटिङ मिलाएर कुनै विरामी नभएको प्रमिलालाई इमरजेन्सी सेवामा खटिएका चिकित्सकहरुले भर्नाका लागि सर्जरी वाडमा सिफारिस गरेको पीडित पत्रकार दिलमायाले आरोप लगाउनु भएको छ ।

उहाँका अनुुसार प्रतिष्ठानकाे रिपाेटमा डाक्टर चेक गरेकाेे देखिदैन एक ईन्जेक्सन मात्रै लगाएको देखिन्छ । प्रमिलालाई चैत्र २३ गते नै अस्पतालले डिस्चार्ज गरेको भएपनि प्रहरीले अझैसम्म नियन्त्रणमा लिएर हिरासत नराख्नु गम्भीर गल्ती गरेको पीडित दिलमाया शाहीले बताउनु भयो ।उहाँले प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय भएपनि शक्ति केन्द्रकाे पुजारी भएकोअराेप लगाउनु भयाे । मुद्धा छिनोफानो नभएको आराेपित अभियूक्त प्रमिला अस्पतालबाट डिस्चार्ज लगत्तै भागेर खुल्लम खुल्ला जुम्ला बजारमा घुमिरहदा पनि प्रहरी मुखदर्शक हुनु गम्भीर रहस्य देखिएको छ ।

पत्रकारमाथि आक्रमण गर्ने प्रमिला मुद्धा नटुङगिदै कसरी हिरासत बाहिर जानु भयो ? यसमा दोषि को हो ? भन्ने प्रश्न नागरिक तहबाट उठेको छ । आक्रमणमा परि घाईते हुने महिला पत्रकार दिलमायाले राजनीतिक दबावका कारण आफूमाथि आक्रमण गर्ने प्रमिलालाई उन्मुक्ति दिने काम भएको भन्दै दोषीमाथि तत्काल कडा कार्वाही हुनुपर्ने माग गर्नु भएको छ । यसवारे जुम्लाका प्रहरी प्रमुख छेदीलाल कामतीसंग बुझदा प्रमिलालाई अस्पतालमा भर्ना गरिएको स्वीकार गर्दै डिस्चाजकोवारे अस्पतालले प्रहरीलाई जानकारी नदिएको भनेर उम्किनु भयो । अस्पतालका प्रशासन प्रमुख द्वन्द्व बहादुर शाहीलाई बुझ्दा उहाँले भन्नुभयो, ‘बिरामी भएपछि सर्जरी वाडमा पठाएको देखिन्छ, त्यसरी भर्ना गरिएको बिरामी केही समस्या भएर राखेको हाेला, म डाक्टरलाई बुझ्छु ।

’ यदि सामान्य अवस्थाको बिरामीलाई कसैको प्रलोभनमा भर्ना गरिएको भए गलत मानिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य उपचारको क्रममा चिकित्सकले व्यावसायिक आचरणविरुद्ध गतिविधि गरेको भेटिएमा कानुनबमोजिम कारबाही हुन्छ ।’ अभियुक्त प्रमिला भने जुगा्ड पुल नजिकै आफ्नो तरकारी पसलमा बसेर कहिले व्यापार गर्ने र कहिले खुल्लम खुल्ला जुम्ला वजार डुल्ने गरिरहनु भएको छ । अभियुक्त प्रमिलालाई नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का केही नेताले नै संरक्षण गरेको आन्तरिक श्रोतले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button