८ मार्च ११५औं श्रमिक महिला दिवस को शुभकामना
१८५७ मार्च ८ का दिन अमेरिका का गार्मेन्ट महिला मजदुर ले हातमा पुजिवादले बाँधियको जञ्जिर लियर समान काम समान ज्याला उपयुक्त समय पुरुष सोसरह बाँच्न पाउनुप्रने सहितका ममग लियर आन्दोलनको सुरुवात गरेको दिन लाई नारी दिवस पनि भनेर मनाउने प्रचलन छ ।

८ मार्च ११५औं श्रमिक महिला दिवस को शुभकामना
अन्तर्राष्ट्रिय महिलादिवस मार्च ८ तारिख फागुन २५ गते सदाझैँ यस पटक पनि प्रत्येकका लागि बराबर भन्ने नाराका साथ विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ ।
लैङ्गकि उत्पीडन संगै श्रम शोषण को चरम मार खेपि रहेका श्रमजीवी महिला हरुले समग्र महिला मुक्ति लाई ध्यानमा राखि १८५७ मार्च ८ का दिन अमेरिका का गार्मेन्ट महिला मजदुर ले हातमा पुजिवादले बाँधियको जञ्जिर लियर समान काम समान ज्याला उपयुक्त समय पुरुष सोसरह बाँच्न पाउनुप्रने सहितका ममग लियर आन्दोलनको सुरुवात गरेको दिन लाई नारी दिवस पनि भनेर मनाउने प्रचलन छ ।
१८५७ मार्च ८ बाट औपचारिक रुपमा सुरु भयको श्रमिक महिला आन्दोलन १९०८ सम्म आउदा महिला मताधिकार सम्मानजनक रुपमा बाँच्नपाउनुप्रने नारा सहित कहिलै ननिभ्ने डढेलो जसरि फैलियो १९०८मा यो आन्दोलनको थप समिक्ष सहित पेरिस कम्युन सम्झिदै समाजबादि महिला नेत्रि क्लारा जेट्किन ले आन्दोलन को एकीकृत गरिन भने १९१० मार्च ८ मा संसारका समाजवादी महिला नेत्रि हरुले डेनमार्क को कोपनहेगन मा भयको अन्तर्राष्ट्रिय भेलाले ८ मार्च मनाउने औपचारिक निर्णय लियको थियो भने यता रुसी समाजवादी महिला नेत्रि अलेकजेन्ड्रा क्लोन्ताइन ले पनि रुसि सामान्ति जार को उत्पिडन विरुद्ध महिला मुक्ति आन्दोलन चलाइरहेकि थिइन ।
यसै बखत १९१७ आक्टोवर क्रान्ति को सफलता संगै लेनिन ले महिला मुक्ति लाई बर्गिय मुक्ति भयको घोषणा गरेसंगै विश्व का धेरैजसो मुलुक खासगरी सोभियत संघ र समाजवादी बिचारक देश हरुले महिला आन्दोलन लाई बर्गिय आन्दोलन को एउटा हिस्सा भयको घोषणा गरेसंगै सन् १९११ देखि मनाउन थालेको प्रथम अन्तर्राष्ट्रिय महिला दिवस ।
लाई पहिलो पटक सोभियत संघ ले मनाउने निर्णय लियको थियो भने झण्डै ७ दशक पछि संयुक्त राष्ट्रसङ्घले सन् १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्ष मनाई १९७७ देखि मात्र औपचारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवस भनेर मनाउन सुरु गरेको हो ।
१९११ देखि नै मनाउन थालिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च हाल सम्म आइपुग्दा यसले केही आंसिक परिवर्तन ल्यायपनि खासमा आमूल परिवर्तन भने दियको छैन नेपालको महिला आन्दोलन को हिसाब गर्दा योगमाया र उनका अनुयायी हरुको जलसमाधि आत्मत्याग देखि हाल सम्म आउदा बिचमा भयका राजनीति क्रान्ति मा महिलाको उल्लेख्य उपस्थिति रहेको यद्यपि अंग्रेज बिरुद्ध को नालापानि मा प्रशपिडा संगै जन्मेको शिशु लाई छातिमा टाँसेर सिमा रक्षाकाे लागि होस वा २००७ साल २०३६ / ४६/ वा २०५२ सालको महान जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलन जतिपनि आन्दोलन छन सबै आन्दोलनमा महिलाको उल्लेख उपस्थिति रहेको छ ।
जब १९१७ को सफल अक्टोबर क्रान्ति पछि का राजनिती आन्दोलन मा खासगरी कम्युनिस्ट आन्दोलन मा महिलामुक्ति लेनिनकै भाषामा बर्गिय मुक्तिको एक पाटो रहेको विश्लेषण गरियो जस अनुसार बिसुद्ध कम्युनिस्ट बिचारमा चलेको ५२ देखिको दशबर्षे महान जनयुद्द मा हजारौ हजार महिला ले भाग लिय योगमाया को जसरी आत्मादाहा जलसमाधि गरेर हुदैन समान्तवाद संग आम्नेसाम्ने भयर शस्त्र संघर्ष द्वारा मात्रै समाजवादी व्यवस्था स्थापना हुन्छ भन्ने ध्यायका साथ जनयुद्ध मा महिला सहभागिता उल्लेख्य रहनगयो कैयौ महिला दिदी बहिनी आमा हरु भाउजू हरु ले उच्च बलिदान गर्नुभयो कैयन दिदिहरु जेल जीवन बिताउनु भयो ।
सैयौं ले तत्कालीन सामान्ति तानाशाही का जल्लादहरुबाट यौन हिंसा को सामना गर्नु पर्यो घरबार बिहिन हुनपर्यो यसै सन्धर्भमा जनयुद्धको महिला सहभागिता र बिरताको ईतिहास गोरखा जेलब्रेक हो जुन महिला नेत्रि नेकपा कि स्थाइ समिति सदस्य उमा भुजेल ( कमरेड शिलु सी) को नेतृत्व मा शाहि जल्लादको किल्ला बाट तीन महिने भुमिगत सुरुङ खनेर आजाद भइ पुनह जनयुद्ध मा भाग लियर लडेको ईतिहास छ जसका करण मात्र सामान्तवाद को बहिरगमन हुन गयको हो।
अनिमात्र राष्टपति प्रधान न्यायाधीश सभामुख जस्ता सम्वैधानिक अंग हरुमा हक र अधिकार महिला लाई मिलेको हो तर दलाल पुजिवादका कारण यो व्याबस्था हुनेखानेका हातमा गयको ले अहिले पनि समग्र महिला मुक्ति भयको छैन यो ईतिहास अझै दुरदराज का गाउँ हरुमा महिलाले बुझेका छैनन समान्तवाद मा महिला लाई पहिलो बन्धन भनेकै धार्मिक बन्धन थियो जुन पुरुश भन्दा बढि जान्ने भयोभने पाप लाग्छ भन्ने यो ग्रामिण गाउमा अहिले पनि छ समाजवादी महिला ले उठायको मुद्दा दलाल पुजिवादको हातमा पुग्दा भ्रस्टिकरण भइ रुपान्तरण गरायर महिला दिवस मनाउने र समग्र महिला लाई ओझेल मा राखेर बजेट छुट्यायर महिला कर्मचारी र राजनिती नेतृतब हरुले बिगारेको छ पिडित नारिहरु लाई उत्पिडनको बिरुद्ध आन्दोलित हुने चेतनाबाट बिमुख गरेको छ देशमा अब फेरि महिला ले आत्मदाहा गर्ने केही महिला बेचबिखनको शिकार हुनप्रने केही पुजिबादले आयोजना गरेको कथित सुन्दरी प्रतियोगिता मा नाङ्गिनु प्रने बाध्यता आयको छ।
यसैमाथि कथित समानतवाद ले शिर उठाउने कोसिस गरेको छ समान्तबाद र दलाल पुजीवाद को संयुक्त गठजोडले केही हदसम्म भयको परिवर्तन लाई चुनौति दिइरहेको छ यो ११५ आठ मार्च ले यसलाई रोक्ने आँट गरोस सममन्तबाद परास्त संगै आयको गणतन्त्र मा भयका कानुनका दण्डहीनता ले दलाल पुजिवाद हावि भयपनि यो गणतन्त्र मा महिला अधिकार ले कालोबादल चिरेर महिला मुक्तिका आशाका किरण छर्ने युक्ति देखायको छ भलै २०७२ को सम्बिधान अपुण भयपनि लैङ्गक उत्पीडन लाई केही रोकेको छ तर नियम्वन निकायको दण्डहीनता का कारण नावालिका देखि बयस्क महिला यौनजन्य हिंसा भोगिरहेकि छन ।
गणतन्त्र नेपालको सम्विधान २०७२ को भाग तीन को मौलिक हक र कर्तव्य को १८ समानता को हक को बिशेश गरि ४ नम्बर र ५ नम्बर बुदामा लैङ्गिक हक लाई सुनिस्चित गरेको छ तर दण्डहीनता का करण कार्यान्वयन मा सुस्तता छ यसैले यस सम्बिधान मा रहेका राम्रा पक्ष लाई संकलित गर्दै नराम्रा पक्ष लाई हटाउदै क्लारा जेट्किन , अलेक्जेन्ड्रा क्लोन्ताइन को समाजवादी श्रमिक महिला मुक्ति आन्दोलन को सार्थक बिचार लाई बुझि दलाल पुजीवाद को आढमा पुरानो समान्तवाद फर्काउने निराश बादी चेतना लाई परास्त गर्दै वैज्ञानिक समाजवाद को दिशामा अगाडि बढ्ने प्रेणा मिलोस समग्र महिला मुक्ति आन्दोलनमा लाग्नु भयको महिला नेतृत्व र सम्पुर्ण महिला दिदिबहिनि लाई ११५ औ अर्थात ८ मार्च भव्य र सान्दार रुपमा सफल होस भन्ने सफलताको शुभकामना छ ।