मिति: २४ चैत्र २०८१, सोमबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु निर्वाचन च‌ैत १८ गते हुने । – Darsan Nepal
कर्णाली प्रदेशशिक्षा

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु निर्वाचन च‌ैत १८ गते हुने ।

, चैत २

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय काे स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु )काे निर्वाचन चैत २० गते हुने भएको छ । शुक्रबार स्ववियु निर्वाचनको लागि विश्वविद्यालयले दिपेन्द्र थापाको संयोजकत्वमा बनाएको स्ववियु निर्वाचनसमितिले समितिले कार्यतालिका सार्वजनिक गर्दै स्ववियु निर्वाचनको मिति तय गरेको हाे । मध्यपश्चिम विश्वविद्यालय काे स्ववियु निर्वाचन नभएको ९ बर्ष भइसकेको छ । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्बन्धी पछिल्लो उच्च अदालत सुर्खेतले विश्वविद्यालयलाई आगामी चैत २० गतेभित्र स्ववियु निर्वाचन सम्पन्न गर्न परमादेश जारी गरेको छ।

यसअघि, विश्वविद्यालयले चैत ३ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो। तर, विद्यार्थीहरूले मतदान अधिकारबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेपछि निर्वाचन स्थगित भएको थियो।
मध्यपश्चिम विश्वविद्यालय मा २०७९ च‌ैत ३ गते ८१ भदौ २८ गते स्ववियु निर्वाचन तय गरिएकोमा अदालत मा निर्वाचन सम्बन्धि मुद्दा परे पछि स्ववियु निर्वाचन स्थगित भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button