मिति: २६ चैत्र २०८१, बुधबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
रोल्पा र दाङमा विप्लव निकट अखिल (समाजवादी)को प्यानलै सर्वसहमत विजयी – Darsan Nepal
ताजा समाचारशिक्षा

रोल्पा र दाङमा विप्लव निकट अखिल (समाजवादी)को प्यानलै सर्वसहमत विजयी

२९ फागुन, काठमाडौं  ।

नेकपा निकट अखिल (समाजवादी) को रोल्पा र दाङका दुई क्याम्पसमा प्यानलै सर्वसहमत विजयी भएका छन ।
विहिवार अन्तीम नामावली सार्वजनिकका क्रममा सहमति अनुसार रोल्पाको सहिद स्मृति क्याम्पस र दाङको सिद्ध रत्ननाथ क्याम्पसमा अखिल (समाजवादी)को प्यानल नै सर्वसहमत विजयी भएका हुन ।
रोल्पाको थवाङ स्थित सहिद स्मृति क्याम्पसमा सभापतिका उम्मेदवार स्वर्णीम रोका मगरको प्यानल नै विजयी भएको हो ।
जसमा प्रत्यक्ष तर्फ अखिल (समाजवादी)बाटै सचिव प्रकृति झाँकी मगर, कोषाध्यक्ष वीरशक्ति बुढामगर,सदस्य प्रगति रोका मगर, निरास्ती रोका मगर र विशाल बुढामगर निर्विरोध निर्वाचित भएका छन ।
यस्तै समानुपातिक तर्फ अखिल (समाजवादी)कै चाहाना बुढा मगर,लिफङ रोका मगर,सकुसल रोका मगर,धनराशी घर्ति मगर र विशेष बुढामगर निर्वाचित भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै दाङको सिद्धरत्ननाथ क्याम्पसमा अखिल (समाजवादी)का उम्मेदवार मनोज केसीको प्यानल नै सर्वसहमत विजयी भएको छ ।
जसमा सचिव रितु कुमारी कुमाल, कोषाध्यक्ष रविन खड्का,सदस्यहरुमा ममता बुढा मगर, देवा वस्नेत,रक्षा वस्नेत,गंगा कुमारी महरा क्षेत्री र विपिन चौधरी विजयी भएका छन ।
त्यसैगरी समानुपातिक तर्फ पनि अखिल (समाजवादी) कै विशाल खड्का, कृतिका डाँगी, सुर्जराज चौधरी,युवराज जैसी, गोमा आर्चाय, रविना चौधरी र विहानी श्रेष्ठ निर्वाचित भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
यो सहित अखिल समाजवादीले ३ सभापति हात पारेको छ । ३ सभापति, १२ पदाधिकारी, २० सदस्य सहित ३५ पदमा अखिल (समाजवादी)ले यो समाचार तयार पार्दासम्म सफलता हात पारेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button