कर्णाली प्रदेशताजा समाचार
कालिकाेटमा युवाहरुकाे ग्याङफाईट एक जनाकाे मृत्यु तीन जना पक्राउ

कालिकाेट
जिल्लाकाे खाडाचक्र नगरपालिका १०चाैकिमा गए राति युवाहरुकाे दाेहाेराे फाईट हुदा एक जना युवाकाे ज्यान गएकाे छ ।
बिहेकाे रात्री रताैलिमा गएका तिलागुफा छाप्रे र खाडाचक्र १० युवाहरु बिच सामान्य भन्नभन बाट सुरु भएकाे कुरा ग्याङफाईट सम्म पुगेकाे थियाे ।
दुबै पक्षका येवाहरु बिच झपड हुदा तिलागुफा ७ छाप्रेका १७ बर्षिय राजेश शाहीकाे मृत्यु भएकाे कालिकोट जिल्लाका प्रहरी डिएसपी टेक बहादुर रावतले जानकारि दिएका छन ।
घटनाकाे खबर पाउने बित्तिकै डिएसपी रावत सहितकाे टाेलि घटना स्थलमा पुगी घटनामा संलग्न तिन जना युवालाई नियन्त्रणमा लिएर सदरमुकाम ल्याएकाे र घटनामा संलग्न अन्य व्याक्तिहरुकाे खाेजि कार्य भैरहेकाे प्रहरीले जनाएकाे छ