मिति: २४ चैत्र २०८१, सोमबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
राज्यबाट कर्णाली अहिले पनि उपेक्षित छ, आत्मनिर्भरता खोजेको छः विप्लव सी – Darsan Nepal
कर्णाली प्रदेशदेशराजनीति

राज्यबाट कर्णाली अहिले पनि उपेक्षित छ, आत्मनिर्भरता खोजेको छः विप्लव सी

विप्लवले कुनैपनि क्रान्ति आफ्नै उत्पादन विना सफलता नहुदे ठोकुवा गरे

११ फागुन, जुम्ला ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले राज्यवाट कर्णाली अहिले पनि उपेक्षित भएको बताउनु भएको छ ।

उहाँले कर्णालीले आत्मनिर्भरता खोजेको भएपनि राज्यले उपेक्षा गर्दा पछाडि परेको टिप्पणी गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आयोजनामा जुम्लाको धौलापानीमा आईतवार स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लव सीले कर्णाली राज्यवाट अहिले पनि उपेक्षित गरिएको, पछाडि पारिएको र कर्णालीले आत्मनिर्भरता खोजेको बताउनु भएको हो । महासचिव विप्लव सीले भन्नु भयो ‘यहाँका डाँडा पाखाहरु अमुल्य छन, साधन श्रोतले कर्णालीको जुम्ला धनी छ, आज राज्यको उपेक्षा छ, सहि दृष्टिकोण नहुदा जुम्ला पछि परेको छ । यसले आत्मनिर्भरत खोजेको छ, नेकपाले त्यो पुरा गर्न चाहान्छ ।’

उहाँले राजनीतिक क्रान्तिलाई आर्थिक क्रान्तिमा नजोडेसम्म देश स्वाधीन नहुने र आत्मनिर्भर नहुने नेकपाको निश्कर्षका कारण जुम्लामा स्याउ रोप्न पुगेको बताउनु भयो । ‘हामी आत्मनिर्भर नेता कार्यकर्ता, पार्टी चाहान्छौ, आत्मनिर्भर देश र जनता चाहान्छौ’ महासचिव विप्लवले भन्नु भयो, ‘जसका लागि नेकपा देशभर उत्पादनमा लागेको छ, त्यसको निरन्तरतामा जुम्लामा स्याउ रोपिरहेको छ, गतवर्ष पनि हामी जुम्लामा स्याउ रोप्न पुगेका थियौ ।

अहिले पनि रोप्दै छौ ।’ महासचिव विप्लवले कुनैपनि क्रान्ति आफ्नै उत्पादन विना सफलता नहुदे ठोकुवा गर्दै नेपालमा समाजवाद ल्याउन उत्पादन क्रािन्तलाई जोड्नै पर्ने ठोकुवा गर्नु भयो । उहाँले कुनै पार्टी र नेताले उत्पादन विनाको क्रान्तिको कुरा गर्छ भने त्यो सफल नहुने र सकिने निश्चित भएको टिप्पणी गर्नु भयो ।

‘३ बर्षमा पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका थियौ तर डेढ बर्षमै पार्टीलाई आत्मनिभर बनाउने तिर पुगेका छौ, महासचिव विप्लव सीले भन्नु भयो, ‘यो नेकपाको सफलता हो ।’ म्हासचिव विप्लवले स्याउ रोप्ने कार्यमा सहयोग गर्ने जुम्लाका जनतालाई धन्यवाद समेत दिनु भयो । उहाँले करिव १३ हजार वर्गमिटर जग्गा सहयोग गर्ने कृष्णकौरा शाही, विरुवा सहयोग गर्ने मंगला विकलाई पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिनु भयो ।

महासचि विप्लवले कुनै पनि नेपालीले राज्यको मुख तोकर वस्न नहुने बताउदै हरेक राजनीतिक पार्टीका नेता तथा जनताले समाजवादी क्रान्ति पुरा गर्न आर्थिक क्रान्तिमा योगदान पुर्याउन अपिल गर्नु भयो । उहाँले राज्यको चेत खुलेमा र जनताको सक्रियाता भएमा जुम्ली जनतालाई स्याउ उत्पादनले आत्मनिर्भर बनाउन सकिने विश्वास व्यक्त गर्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button