मिति: २४ चैत्र २०८१, सोमबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
चिहानमा पुगेको राजा फर्काने मुर्खता गरे ठुलो मुल्य चुकानु पर्छः दिनेश सी – Darsan Nepal
कर्णाली प्रदेशताजा समाचार

चिहानमा पुगेको राजा फर्काने मुर्खता गरे ठुलो मुल्य चुकानु पर्छः दिनेश सी

२७ फागुन, सुर्खेत ।

युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले चिहानमा पुगेको राजा फर्काने मुर्खता गरे राजावादीहरुले ठुलो मुल्य चुकानु पर्ने चेतावनी दिएका छन ।
सोमवार सुर्खेतको वीरेन्द्रनगरमा युवा संगठन नेपाल कर्णाली प्रदेशले गरेको स्वागतपछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष दिनेश सीले चिहानमा पुगेको राजा फर्काने मुर्खता गरे राजावादीहरुले ठुलो मुल्य चुकानु पर्ने चेतावनी दिएका हुन ।
उनले गणतन्त्रमा राजावादीहरुले धेरै मुर्खता गरे अहिलेको सरकारले गिरफ्तार गरी जेलमा हाल्न सक्नुपर्ने बताए ।
‘जनताले चिहानमा पुर्याएका छन, पूर्वराजा ज्ञानेन्द्र र उनका तलुवाहरुले जनताका विरुद्ध चिहानबाट मरेको लासलाई बोक्ने कोशिस गरे नेपाली जनताहरु चुप लागेर बस्दैनन् । नेपाली युवाहरु पनि चुप्प लागेर बस्दैनन् । राजावादीहरुले धेरै ठुलो मुर्खता नगरे हुन्छ’ युुवा संगठन नेपालका अध्यक्ष दिनेश सीले भने, ‘नेपालको अग्रगामी परिवर्तन भनेको समावाजवाद हो । राजतन्त्र हुन सक्दैन । त्यसैले राजावादीहरुले मुर्खता नगर्न चेतावनी दिन्छु ।’
उनले नेपालका युवाहरुलाई स्वदेशमै रोजगारी दिने जनताको व्यवस्था चाहिएको बताउदै युवाहरुलाई वेरोजगार बनाएर विदेश पठाउने काम दलाल पुँजीवादले गरेको टिप्पणी गरे ।
अध्यक्ष दिनेशले युवाहरु सबै एकतावद्ध भएर नेपाललाई समाजवाद तिर लिने बाटोमा लाग्न आग्रह गरे ।
युवा संगठन नेपाल कर्णाली प्रदेशले गरेको स्वागत कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव बसन्त विकको समेत सहभागिता रहेको थियो ।
यसैविच युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले नेकपा माओवादी केन्द्र निकट वाईसीएलका कर्णाली प्रदेश इन्चार्ज गणेश शाही लगायतको टिमसंग पनि छलफल गर्दै सबै युवाहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button