रास्कोटको जनसभालाई महासचिव विप्लवले सम्वोधन गर्दै

१३ फागुन, कालिकोट ।
नेपाल कम्युनिष्ट पार्टीले रास्कोटको आरसीपी बजारमा भोलि(बुधवार) विशाल जनसभा गर्ने भएको छ ।
जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले विशेष सम्बोधन गर्ने नेकपा कालिकोटले जनाएको छ ।
नेकपा कालिकोटले आयोजना गरेको जनसभामा सबै जनताको सहभागिताका लागि प्रचार प्रसार व्यापक गरिएको छ ।
नेकपा कालिकोटले भने जनसभामा सम्पूर्ण रास्कोटवासी जनतालाई उपस्थिति हुनका लागि अनुरोध गरेको छ ।
शान्ति प्रक्रियापछि पहिलो पटक रास्कोटमा पुग्न लाग्नु भएका महासचिव विप्लवलाई रास्कोटवासी जनताले भव्य स्वागत गर्ने तयारी समेत गरेका छन ।
जनसभामा महासचिव विप्लव सहित नेकपाका स्थायी समिति सदस्य सन्तोष सी, भरत सी, सुशिल सी,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी लगायतका नेताहरुले सम्वोधन गर्ने नेकपाले जनाएको छ ।
जनसभाको आवश्यक तयारी पुरा भएको नेकपा कालिकोटका जिल्ला इन्र्चाज विवेक सीले जानकारी दिनु भयो ।
जनसभामा स्थानीय सांस्कृति झाँकी, देउडा लगायतका प्रस्तुतिहरु पनि देखाउने तयारी छ ।

समाजवादी मोर्चा नेपालका संयोजक तथा नेकपाका महासचिव विप्लवले जनसभामा अहिलेको राजनीतिक संकट र निकास,नेपाली विशेषताको समाजवाद र कालिकोटका जनताको भूमिका विषयमा गहन सम्बोधन गर्नु हुने छ ।
महासचिव विप्लवले रास्कोटमा हुने जनसभालाई सम्बोधन गर्ने भनिएपछि रास्कोटवासी जनता निकै उत्साहका साथ खुसी हुदै जनसभामा सहभागी हुने तयारीमा रहेका छन ।
जनसभालाई सम्वोधन गर्न महासचिव विप्लव कालिकोटको फोईमा स्याउ रोपेर आज साँझ रास्कोट पुग्दै हुनुहुन्छ ।