मिति: २६ चैत्र २०८१, बुधबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
रास्काेट नगरपालिकाले नाै महिनामा ४५लाख ७३ हजार भन्दा बढि राजश्व संकलन गर्याे – Darsan Nepal
अर्थतन्त्रकर्णाली प्रदेशताजा समाचार

रास्काेट नगरपालिकाले नाै महिनामा ४५लाख ७३ हजार भन्दा बढि राजश्व संकलन गर्याे

कालिकाेट
सविना
रास्काेट नगरपालिकाले नाै महिनामा ४५ लाख भन्दा बढी राजश्व संकलन गरेकाे छ ।
नागरिक सुचना व्यावस्था प्रणाली CCIMS सम्बन्धि १दिने अभिमुखिकरण कार्यक्रममा बाेल्दै नगर प्रमुख शाहीले नाै महिनामा ४५ लाख भन्दा बढि राजश्व संकलन भएकाे जानकारि दिएका हुन । नाै ओटाै वडाका वडा अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बम ,वडा सचिव, कृषिशाखातथा पशुपन्छी विकास शाखाका कर्मचारीहरुकाे उपस्थितमा फागसन मसान्तसम्म सम्मकाे राजश्व प्रगति विवरणर बारेमा छलफल समेत गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख धर्मराज शाही (पाेषण)ले राजश्व संकलनलाई वार्षिक लक्ष्य अनुरुप संकलन गर्न सुझाव समेत दिएका थिय ।

राजश्व शाखाका प्रमुख डम्बर महराले ( Revenue Module) सम्बन्धि तालिम समेत दिएका थिय ।
सूचना प्रविधिअधिकृत भिम बहादुर बुढाले केन्द्रीकृत नागरिकता सूचना व्यावस्थापन (Ccims) त्रुटीरहित अनलाइन नागरिकताकाे सिफारिस सम्बन्धि सबै वडाका सचिव तथा वडा अध्यक्षहरुाई तालिम दिनुकाे साथै सेवहरुकाे बारेमा जानकारि समेत दिएका थिय ।
तेस्तै नं. १वडा कार्यालयले ८८५७३/
नं. २ वडा कार्यालयले १०२६७६/
नं. ३ वडा कार्यालयले ५५०६६.४५/
नं. ४ वडा कार्यालयले ५६४८७/
नं. ५ वडा कार्यालयले ७६७७२/
नं. ६ वडा कार्यालयले १२१७१८/     
नं. ७ वडा कार्यालयले ५७१४८/
नं. ८ वडा कार्यालयले ४७६६२/
नं. ९ वडा कार्यालयले३७२७९/
नगर अस्पताल २७६२३४५/
र कृषि विकासशाखा ३४३०२/
पशुपन्छी विकास शाखा १५६१०/
उद्यम विकास शाखाले १७३५०/
शान्तिघाट राजश्व संकलन केन्द्र तथा बजार व्यावस्थापन भाडा बाट ४,१०,०००/
फागुन मसान्त सम्मकाे कुल राजश्व ४५लाख ७३हजार एक सय ९८ रुपैया संकलन भएकाे राजश्व शाखा प्रमुख डम्बर महराले जानकारि दिएका थिय ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button