मिति: २५ चैत्र २०८१, मंगलवार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
जिप दुर्घटना हुँदा सह–चालक घाइते – Darsan Nepal
ताजा समाचार

जिप दुर्घटना हुँदा सह–चालक घाइते

बाजुरा

बाजुरामा जिप दुर्घटना हुँदा सह–चालक घाइते भएका छन्। कर्णाली करिडोर अन्तर्गत हिमाली गाउँपालिकाको कुवाडीबाट धुलाचौर आउँदै गरेको जीप वडा नम्बर ४ स्थित लेबडीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराले मुगुको खत्याड गाउँपालिका– ९ का अन्दाजी २५ वर्षीय वसन्त लावर्डले चलाएको लु १ ज ४४४५ नम्बरको जिप दुर्घटना भएको बताएको छ। दुर्घटनामा सह–चालक खत्याड गाउँपालिका– १० का अन्दाजी १९ वर्षीय हरिचन्द्र शाही घाइते भएका छन्। शाहीको टाउको र गर्धनमा चोट लागेको छ। उनको कोल्टी अस्पतालमा उपचार भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button