मिति: २४ चैत्र २०८१, सोमबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
दुर्गेश थापाले SEE परीक्षा अवधिभर कुनै पनि कार्यक्रम सहभागी नहुने घोषणा गरे – Darsan Nepal
ताजा समाचारशिक्षा

दुर्गेश थापाले SEE परीक्षा अवधिभर कुनै पनि कार्यक्रम सहभागी नहुने घोषणा गरे

,च‌ैत ६

पछिल्लो समय युवा पुस्ताले धेरै माया गरेका युवा कलाकार मध्ये दुर्गेश थापा फागुन महिना भरि मनाेरञ्जनात्मक कार्यक्रममा धेरै व्यस्त रहे । चैतमा हुने SEE परिक्षामा युवा विद्यार्थीकाे पढाइमा डिस्टर्ब गर्ने ” युवाको सफलता नै मेरो सफलता हाे ” भन्दै लोकप्रिय गायक दुर्गेश थापाले SEE परीक्षा अवधिभर कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम नगर्ने घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत एक सार्वजनिक वक्तव्य जारी गर्दै विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको स्पष्ट पारेका छन्।

उनले भनेका छन्, “SEE परीक्षा हाम्रो जीवनको महत्वपूर्ण पक्ष हो। मनोरञ्जन मात्र नभई, उज्जवल भविष्य निर्माणको लागि यसलाई गम्भीर रूपमा लिनुपर्छ।” उनले प्रशंसकहरूलाई आफ्नो अध्ययनमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै परीक्षाको समयमा आयोजना हुने कुनै पनि कार्यक्रममा आफू सहभागी नहुने जानकारी गराएका छन्।

थापाले दर्शकप्रति आफ्नो सम्मान व्यक्त गर्दै भने, “मेरो वास्तविक शक्ति मेरा दर्शक हुन्। तपाईंहरूको माया र विश्वासले नै मलाई अघि बढाएको छ। त्यसैले, जब तपाईंहरूको लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि तपाईंकै पक्षमा रहन्छ।”
उनको यो निर्णय विद्यार्थीहरूका लागि प्रेरणादायी बन्ने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button