मिति: २१ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
कोरियाली जनताका महान् नेता किम इल सङको जीवन र सङ्घर्ष – Darsan Nepal
प्रवासबिचार

कोरियाली जनताका महान् नेता किम इल सङको जीवन र सङ्घर्ष

सङ्घर्षको मैदानमा हिँडेका क्रान्तिकारीहरू जस्तोसुकै परिस्थितिसँग पनि सामना गर्न तयार हुन्छन्

काठमाडौं

कोरियाली जनताका महान् नेता किम इल सङको जीवन र सङ्घर्षको शिक्षा हो – ‘जीवनका सिद्धान्तहरू’ । क्रान्तिका आधारशिलाहरू के हुन् ? जीवनको सत्य के हो ? जीवन र सङ्घर्षको सम्बन्ध कसरी अमर बन्छ ? यी प्रश्नहरूमा पुस्तिकां केन्द्रित छ । किम इल सङ भन्नुहुन्छ, “क्रान्तिकारीहरू जनतामाथि विश्वास गर्छन् । जनतामा भर पर्छन् । तिनलाई जनताको शक्तिले सधैँ विजयोन्मुख बनाउँछ । जनताको विश्वास डग्मगाएको दिनबाट हार र असफलताको सङ्केत मिल्न थाल्छ । म आशा गर्छु, यो मेरो जीवन र सङ्घर्षको शिक्षा आउने पुस्तालाई हस्तान्तरण गरिनेछ ।”
पुस्तिकाभित्र ९ वटा सङ्क्षिप्त लेखहरू सङ्ग्रहित छन् । पहिलो लेखमा देश र क्रान्तिबारे नेता किमको विचार छ । देशलाई अप्ठ्याराहरूबाट जोगाउन, अप्ठ्याराहरूसँग जुझेर रक्षा गर्ने मानिस देशभक्त कहलिन्छ । समाजविरुद्ध सत्यको पक्षमा उभिने परिवर्तनका निम्ति लड्ने क्रान्तिकारी कहलिन्छ । जो देशका निम्ति मर्छन्, क्रान्तिका निम्ति जीवन समर्पण गर्छन् ती सहिद बन्छन्, अमर हुन्छन् । देशभक्त र क्रान्तिकारीहरूको बलिदानीले मात्र क्रान्ति सम्भव हुन्छ ।
मानिसले आफ्नो जीवनयात्रामा थुप्रै कठिनाइ, दु:खहरूको सामना गरेको हुन्छ । सबैभन्दा ठुलो पीडा र दुर्भाग्य देश नहुनु हो, माटोलाई छोड्न बाध्य पारिनु हो, देशविहीन हुनु हो । त्यसकारण, माटो र देशको मुक्तिले नै मात्र मानिसलाई संसारभरको सुखानुभूति मिल्दछ । नेता किम यस्तै भन्नुहुन्छ ।
सङ्घर्षको मैदानमा हिँडेका क्रान्तिकारीहरू जस्तोसुकै परिस्थितिसँग पनि सामना गर्न तयार हुन्छन् । क्रान्तिमा समर्पित क्रान्तिकारीहरू जेललाई सङ्घर्षको एउटा मञ्च बनाउँछन् ।
राजनीति व्यापक हुनुपर्छ र राजनीतिक कार्यकर्ता फराकिलो मस्तिष्कको हुनुपर्छ । राजनीति व्यापक नबने सारा जनता समेट्न सकिन्न । राजनेता फराकिलो बुद्धिको नभए जनता टाढिन्छन् । त्यही राजनीतिले क्रान्तिको उद्देश्य प्राप्त गर्न सघाउँछ । साम्राज्यवादविरुद्ध मुक्तिका निम्ति एउटा छातामुनि गोलबद्ध बन्न जनतालाई हौस्याउँछ ।
एक देशको क्रान्तिले अर्को देशलाई ऊर्जा प्रदान गर्छ । प्रेम र विज्ञानको सीमारेखा नभए जस्तै क्रान्तिको पनि कुनै परिधि हुँदैन । यस्तै, अन्तर्राष्ट्रवाद कम्युनिस्टहरूको सिद्धान्त हो । वास्तवमै सच्चा कम्युनिस्टहरू नै सच्चा देशभक्त हुन्छन् । सच्चा कम्युनिस्ट हुने प्रयास जीवन सिद्धान्तको महत्त्वपूर्ण रूप हो ।
क्रान्तिमा हतियारको महत्त्व रहन्छ तर कम्युनिस्टहरू जनतालाई जोगाएर शत्रु परास्त गर्न हतियार प्रयोग गर्छन् । आफ्नो जनतालाई मारेर क्रान्ति जितिन्न, पेक्डु पहाडको लडाइँले त्यही भन्छ । कोही मानिस जन्मँदै क्रान्तिकारी बन्दैन, जीवनको सङ्घर्षले उसलाई क्रान्तिकारी बनाउँछ । पेक्डु पहाडमा लड्दालड्दै जन्मिएका क्रान्तिवीरहरूले नै कोरियाको मुक्तिकथा रचेका हुन् । कोरियाली जनताका प्रिय नेता किम जङ इल त्यही पहाडले जन्माएको क्रान्तिको उत्तराधिकारी हुनुहुन्छ ।
क्रान्तिकारीहरू वैचारिक तथा सैद्धान्तिकरूपमा सुस्पष्ट हुन जरुरी हुन्छ । विचार र सिद्धान्तबिना सङ्घर्षको मैदान केबल सैन्य झडप लाग्नेछ । विचार र सिद्धान्तका आधारमा लडिने हरेक लडाइँ व्यवस्था परिवर्तनको निम्ति हुने गर्दछ । क्रान्तिको समयकालमा महिलाहरूको नेतृत्व र सहभागिताले अहम् भूमिका खेल्ने गरेको छ । महिला र पुरुष रथका दुई पाङ्ग्रा हुन् भने क्रान्तिमा महिलाको अगुवाइबिना क्रान्ति अगाडि बढ्दैन । जापानी उपनिवेशविरुद्धको सङ्घर्षको इतिहासले यही भन्छ । त्यो क्रान्तिकारी सङ्घर्षमा कोरियाली महिलाहरूको बलिदानीको
इतिहासले त्यही भन्छ । क्रान्ति मानव जगतको रक्षाको निम्ति हो । मानव सभ्यता संरक्षण गर्न महिला र पुरुष काँधमा काँध मिलाई सङ्घर्षको मैदानमा उत्रनसके क्रान्ति साँचो मानेमा सफल हुनेछ । क्रान्तिका निम्ति विचार, सिद्धान्त रणनीति र अनुशासनसँग प्रेमिल भावना, कामरेडेली भावना जरुरी हुन्छ । ठुलठुला हातहतियारसँगै माया र स्नेहले क्रान्ति जित्न सके मुक्तिसँगै सामाजिक न्याय र स्वतन्त्रता सुनिश्चित हुनेछ ।


क्रान्तिको अर्थ सङ्घर्षमात्र होइन जीवन पनि हो । जीवनसङ्घर्षलाई एउटा सिक्काका दुई पाटा मान्न सके क्रान्ति सफल हुनेछ । जीवन सुन्दर हुनेछ । सङ्घर्षबाट प्राप्त सुन्दर जीवन सामाजिक प्रगति र समृद्धि नै एक कम्युनिस्टले खोजेको क्रान्ति हो । किमले यस्तै जीवन सङ्घर्षका सिद्धान्तहरू नयाँ पिढीसँग साट्नुभएको छ ।
‘पार्टी र व्यापक जनता’ शीर्षकको लेखमा नेता किम इल सङले आमजनताको सम्बन्धबारे प्रकाश पार्नुभएको छ । जनताको बिचमा जानु, जनताबाट सिक्नु र जनताकै सेवामा समर्पित हुनुलाई उहाँले जीवनपद्धति बनाउनुभयो । जनतामाझ नपुगे जनताका समस्या थाहा पाइन्न । जनताको शक्तिमै क्रान्ति निर्भर हुने हुँदा पार्टीको विचार प्रचार गर्न, सङ्गठित बनाउन जनतामाझ जाने कार्यक्रम निरन्तर र नियमित अघि बढाउन आवश्यक हुन्छ । कोरियाली क्रान्तिको सफलता जनता र जनसेनाबिचको प्रगाढ सम्बन्धको प्रतिफल होभन्दा फरक पर्दैन । जनता पार्टीको विचारबाट
बाँच्ने कला बताउँछ । संसारमा आमाको ममतामयी प्रेमभन्दा ठुलो केही हुन्छ ? देश आमा हो, देशलाई आमाले जस्तै प्रेम गर्नुपर्छ । नेता किमले जीवनमा कामरेडहरूको प्रेम जित्न मेहनत गर्नुभयो । सङ्घर्षको मैदानमा जब आफ्नी आमा र परिवार हुँदैनन् तब सुसाउने ठाउँ कामरेडहरू नै हुन्, साथीहरू हुन् । मित्रताको गहिराइ समयले नाप्दैन । मानिसजातिको प्रेम, जनताप्रतिको प्रेम, देशको मायाले नै मित्रताको आधार खडा गर्छ । आशावादी भई जीवनसङ्घर्षमा साथ दिने साथीहरू नजिक बस्छन् । नैतिकरूपले धनी जनताको साथले सङ्घर्षको कठिन यात्रा छोटिन्छ । जनता बाँचेको ठाउँमा जीवन हुन्छ र जहाँ जीवन हुन्छ त्यहाँ जीवन बाँच्ने कला पनि हुन्छ । साहित्य, कलाले जीवनलाई सरस बनाउँछ । पेक्डु र मञ्चुरियाका आँधीहुरीका कथाहरूले त्यही स्मरण गराउँछ । आशा र विजयका गीतहरू ऊर्जाका स्रोत हुन् । जीवनमा आशावादी बन्नु सजिलो छैन । आफूले प्राप्त गरेको ज्ञान र शिक्षा, निरन्तरको विचारधारात्मक तालिमले सम्भव बनाउँछ । मान्छेको जीवन आशावादी हुन जरुरी छ तब हरएक कठिनाइसँग सामना गर्न ऊर्जा प्राप्त हुन्छ ।
पुस्तिकामा ‘सैन्य मामिला र कमान्डरहरू’ बारे पनि लेखिएको छ । ठुलठुला हतियार र बमबारुदले भन्दा मानिसको ज्ञान, बुद्धि, आत्मविश्वास, हिम्मत, इच्छाशक्ति र मानिसले मानिसलाई गर्ने प्रेमपूर्ण भावनाले क्रान्ति जितिन्छ । क्रान्तिको नेतृत्व गर्ने कमान्डर निडर, विचारमा नडग्मगाउने, इमानदार र समर्पित हनुपर्दछ । शत्रुको अखडामा जाइलाग्न, हमला गर्न नआत्तिने र सुन्दर भविष्यको द्रष्टा हुन जरुरी हुन्छ ।
‘विश्वास र कर्तव्य’ बोध क्रान्तिकारीहरूको विशेषता हुने गर्दछ । व्यक्तिवाद, स्वार्थभन्दा माथि नउठी समाज परिवर्तनको सपना पूरा हुन्न । वैचारिक ढुलमुलेपनले क्रान्तिको बाटोमा अवरोध खडा गर्छ । त्यसकारण, क्रान्तिप्रति विश्वास नगर्ने र कर्तव्यवोध नगर्ने मान्छे कमान्डर त टाढाको कुरा साधारण सिपाहीसमेत बन्न सक्दैन ।
‘विश्वास र कामरेडेली भावना’ जीवनसङ्घर्षको सुन्दर पाटो हो । पुँजीपतिहरू पैसा कमाउनुमा ठुलो सुखानुभूति गर्छन् । तर, कम्युनिस्टहरू कामरेडहरू बनाउनुमा सुख भेट्छन् । सुनको एक टुक्राले दिने सुख र साँच्चैको मानिस अर्थात् कामरेडले दिने सुख कसरी तुलना हुन सक्दछ ? कामरेडेली भावना जीवनभन्दा प्यारो हुन्छ कम्युनिस्टहरूका लागि । समयसँगै सबै चिजको आयु सकिन्छ तर मित्रता र कामरेडेली सम्बन्धको आयु अझ लम्बिन्छ । पूँजीपतिहरूका लागि पैसा पूँजी हो भने क्रान्तिकारीहरूका लागि विचलित नहोऊन् भनी समयसमयमा जनतामाझ पाटा पुग्नुपर्दछ । बाह्य शक्तिविरुद्ध लड्ने एउटै मात्र आधार पार्टी र जनताबिचको प्रगाढ सम्बन्ध हो । इमानदार कार्यकर्ता जनता माझबाटै जन्मन्छन् र तिनले पार्टीलाई जीवन्त राख्छन् ।
‘विचारधारा र सिद्धान्त’ लेखले कार्यकर्ता, पार्टी सदस्यहरू पार्टीको विचारधारा र सिद्धान्तमा परिपक्व बन्नुपर्ने शिक्षा दिन्छ । विश्व बुझ्न क्रान्तिका विचारधारा र सिद्धान्त अध्ययन जरुरी हुन्छ । वर्गीय सङ्घर्षको इतिहास, शोषणको इतिहास नपढी वर्तमानको व्याख्या कसरी हुन्छ ? त्यसकारण, अध्ययन क्रान्तिकारीहरूको आत्मसंस्कृति हुर्काउने आधारभूत प्रक्रिया हो । कार्यकर्ताका निम्ति सैद्धान्तिक अध्ययन अपरिहार्य हुन्छ । मानसिक स्वास्थ्यबिना पार्टीको उद्देश्यमा डटेर लाग्ने कार्यकर्ता असफल हुनेछन् । बिनाअध्ययन सङ्गठित जीवन सम्भव हुँदैन । सङ्गठनको नेतृत्व अध्ययनबिना साह्रै कठिन हुन्छ । पछाडि छुटेका कार्यकर्ताले सङ्गठनको पर्याप्त सेवा कसरी गर्न सक्छन् ?
पार्टी प्रकाशन क्रान्तिकारी सङ्घर्षमा शक्तिशाली र महत्त्वपूर्ण हतियार हुने गर्दछ । यो हतियारको शक्ति मापन हुनसक्दैन । पार्टी प्रकाशनले पार्टीलाई समाज र देशसँग जोड्छ, जनताको बिचमा लग्छ । कार्यकर्ताहरूलाई पार्टी प्रकाशन गुल्कोजजस्तै हुन्छ । त्यसकारण, नियमित पार्टी प्रकाशनमा ध्यान दिने कार्यकर्ता साँचो अर्थमा बौद्धिक र गुनिलो हुन्छ । पार्टीप्रतिको विश्वास, इमानदारी, अनुशासन, आस्था र प्रेमको एउटा आधार पार्टी प्रकाशन हो । पार्टी नीति तथा कार्यक्रमबारे अवगत रहन, पार्टीको विचारभन्दा एक इन्च पनि पर नजान कार्यकर्ताले पार्टी प्रकाशन अध्ययनमा जोड दिनुपर्दछ । समाजवादी क्रान्ति र समाजवाद जोगाउने अर्को क्रान्तिका निम्ति आवश्यक विचारधारात्मक क्रान्ति जरुरी हुन्छ । त्यो विचारधारात्मक क्रान्तिको हतियार पार्टी प्रकाशन नै
हो । सङ्घर्षको यात्रामा साथीहरू वस्तुगत र व्यक्तिगत सुखसुविधामा अन्धो हुन सक्छन्, व्यक्तिगत स्वार्थमा अल्मलिन सक्छन् । ती साथीहरूलाई सामूहिक भावना र उद्देश्यप्रति दत्तचित्त बनाउन अध्ययन अनिवार्य छ । सङ्घर्ष, क्रान्ति र मुक्तियुद्ध पढाउन जरुरी हुन्छ । आफ्नो वास्तविक जीवनको शिक्षा यसरी व्यक्त गर्नुहुन्छ, “एकजना क्रान्तिकारीले जीवनको अन्तिम क्षणसम्म पनि पढ्नुपर्छ । सेकेन्ड पनि खेर नफाली अध्ययन गर्नुपर्दछ । तबमात्र उसको दिमागमा खिया लाग्दैन र दूर भविष्य देख्नसक्ने बन्नेछ।” यसरी नेता किमका अनुसार अध्ययन गर्नु जीवनसिद्धान्तको एउटा पाटो हो ।

‘जनता र तिनका सेवक’ शीर्षकले क्रान्तिमा मानिसको स्थानबारे प्रस्ट्याउँछ । आर्मी अर्थात् जनसेवकहरू जापानविरोधी सङ्घर्षका दौरान जनतामाझ सुरक्षित थिए । जनताको दैलो तिनका घर थिए । जसरी माछा पानीविना मर्छ त्यसरी नै क्रान्तिकालीन समयमा गुरिल्ला सेना जनताको साथबिना मर्थे । गुरिल्ला तिनै जनताका खातिर त लडिरहेका थिए । सत्य बुझेर जनताले सेनालाई खुब माया गरे । सेनाले जनताको साथ पाए । यही सम्बन्ध सङ्घर्षको सिद्धान्त हो भन्नुहुन्छ नेता किम । ‘मान्छे र जीवन’ शीर्षकले मान्छे हुनुको अर्थ सिकाउँछ । जीवन
मानिस अथात् जनता न पुजा र शक्तिका सात पुँजीपति पैसाले नै भाग्य निर्माण गर्छ भन्ने मूर्खता खोक्छन् । क्रान्तिकारीहरू समाजको भाग्य रूपान्तरण र परिवर्तनका निम्ति कामरेडहरूसँग हातमा हात जोड्छन् । पुँजीपतिहरू व्यक्तिगत स्वार्थको खाडलबाट उठ्न सक्दैनन् । क्रान्तिकारीहरू आपसी विश्वास, कम्युनिस्ट नैतिकताको आधारमा सामूहिक माया, स्नेह साटासाट गर्छन् । एक अर्काका निम्ति बाँच्छन् ।
पूँजीपतिहरू पैसाविना बाँच्न सक्दैनन्, कम्युनिस्ट जनविश्वासबिना रहन सक्दैनन् । कोरियाली भूमिमा त्यही विश्वासको सामाजिक सम्बन्ध छ । सामूहिकताको अस्तित्त्व छ । कोरियाली मजदुर पार्टीलाई दिने जनताको प्रेम नै पार्टीको कमाइ हो । इमानदार, जुझारु र युग सुहाउँदा पुस्ताको तयारी पुँजीवादी पैसाको जोहोभन्दा निकै माथि हुन्छ । कम्युनिस्टको मानवीय सम्बन्धमा आफ्नो छोरा । पनि छोराभन्दा ज्यादा कामरेड हुन्छ । देशलाई माया गर्ने पार्टीबाट, दीक्षित कामरेडहरूको एकताले, विचारमा एकता भएका कामरेडहरूको शक्तिले पुँजीवादी व्यवस्था ढाल्ने सामर्थ्य राख्छ । त्यसकारण, जीवनमा । पैसाले भन्दा कामरेडहरूको प्रेमले प्रधान स्थान पाउँछ ।
नेता किमले नयाँ पुस्तालाई कामरेडेली भावना जीवन दर्शन बनाउनुपर्ने शिक्षा दिनुभएको छ । ‘परम्परा र उत्तराधिकार’ शीर्षकमा देश र क्रान्तिको भविष्यबारे चिन्तन छ । उहाँ लेख्नुहुन्छ, “युवा जोसँग सपना छैन, हिम्मत छैन, जोस छैन, आकाङ्क्षा छैन, लडाकु भावना छैन, प्रेमको अनुभूति छैन भने ऊ युवा हुन सक्दैन ।” क्रान्तिकारी भावना, सङ्घर्षको अविचलित भावनाले युवालाई साँच्चैको युवा बनाउँछ । तिनलाई सानैदेखि पार्टीका विचार सिकाउनु पार्टीको दायित्व हो । त्यसकारण, कोरियाली मजदुर पार्टीले बालबालिका सङ्घ, युवा सङ्घहरूको निर्माण गरेको छ ।
शिक्षित र युग सुहाउँदो युवा पुस्ता निर्माणको निम्ति पार्टीले बालबालिका र युवाहरूलाई महत्त्व दिई शिक्षा बन्दोबस्त मिलाएको छ । नेता किम लेख्नुहुन्छ, “बालबालिकालाई माया र हेरचाह नगर्ने क्रान्तिको भविष्य हुँदैन ।” बालबालिका फलजस्तै हुन्, भोलि फक्रन्छन्, देशमा सुगन्ध छर्छन् । युवा पिँढीलाई गर्ने प्रेम संसारकै सबैभन्दा गतिशील मानवीय प्रेम हो । बालबालिका र युवा क्रान्तिबारे शिक्षित बने परिवार हुँदै समाजलाई क्रान्तिकारी बनाउन सजिलो हुनेछ । कोरियाली क्रान्तिको अनुभवले त्यही भन्छ । विद्यार्थी र युवाले पार्टी बलियो बनाउन सघाउनेमात्र होइन देश निर्माण गर्ने नेतृत्वलाई सघाउनेछन् । आजका युवा भोलि नेतृत्वमा पुग्नेछन् । त्यसकारण, पार्टीले युवा पुस्ता हुर्काउन युवा सङ्गठनहरूलाई बलियो बनाउनुपर्छ । कोरियाली मजदुर पार्टीको अनुभव यही नै हो ।
यसरी सानै बेलादेखि आफ्नो जीवनलाई देश र जनताको सेवामा समर्पित गर्न नेता किमले आफ्नो अनुभवमार्फत हौस्याउनुभएको छ । जीवनको अर्को नाम नै सङ्घर्ष हो । त्यसकारण, जनता र देशको पक्षमा सङ्घर्षले मात्र जीवन सार्थक बन्नेछ भन्ने शिक्षा पुस्तिकाबाट मिल्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button