मिति: २५ चैत्र २०८१, मंगलवार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
अनेमसंघ (क्रान्तिकारी) कालिकोटले महिला नेतृत्व विकास अभियान संचालन गर्ने – Darsan Nepal
ताजा समाचारस्थानीय

अनेमसंघ (क्रान्तिकारी) कालिकोटले महिला नेतृत्व विकास अभियान संचालन गर्ने

१५ चैत्र, कालिकोट ।

विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कालिकोटले समाजवादका लागि महिला नेतृत्व विकास अभियान संचालन गर्ने भएको छ ।
अनेमसंघ (क्रान्तिकारी)को विहिवार जिल्लाको रेगिलमा सम्पन्न चौथो पूर्ण बैठकले जिल्लामा समाजवादका लागि महिला नेतृत्व विकास अभियान संचालन गर्ने निर्णय गरेको हो ।
बैठकले चैत्र २६ गतेको महिला प्रतिरोध दिवस पार्टीको आयोजनामा मान्ममा भव्य रुपमा मनाउने निर्णय पनि गरेको छ ।
२०५४ साल चैत्र २६ गते विथोल्डाँडामा महिलाहरुले जनदमनमा गएको प्रहरीसंग प्रतिरोध गरी हतियार खोसेको घटनालाई अनेमसंघ (क्रान्तिकारी)ले हरेक वर्ष प्रतिरोध दिवस मनाउदै आएको छ ।
तर यो बर्ष भने नेकपाकै आयोजनामा नेकपाका प्रवक्ता प्रकाण्डकै उपस्थितिमा मान्ममा भव्य रुपमा प्रतिरोध दिवस मनाउने तयारी छ ।
त्यो कार्यक्रममा महिलाहरुलाई उल्लेखिय रुपमा सहभागीता गराउने अनेमसंघ (क्रान्तिकारी)को बैठकले निर्णय गरेको हो ।
बैठकले समाजवादका लागि महिला नेतृत्व विकास अभियान मार्फत जिल्लाका सबैपालिका स्तरमा महिला संगठनहरु बनाउने पनि निर्णय गरेको छ ।
अनेमसंघ (क्रान्तिकारी)ले समाजवाद विना महिला मुक्ति सम्भव नहुने भन्दै समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि सबै महिलाहरुलाई संगठित गर्ने बताएको छ ।
बैठकका प्रमुख अतिथि नेकपाका जिल्ला इन्चार्ज विवेक सीले बैठकलाई सम्वोधन गर्दै समाजवादले मात्र महिलाहरुको हक अधिकारको ग्यारेण्टी गर्ने दाबी गरे ।
उनले समाजवादी क्रान्तिमा एकताबद्ध भएर लाग्न महिलाहरुलाई अपिल पनि गरे ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी बलवान सी, अनेमसंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य सर्मिला सीले महिलाहरुको एकता विना समाजवादी क्रान्तिले पूर्णता नपाउने बताए
उनीहरुले गणतन्त्रले हल नगरको मुद्धा समाजवादले मात्र हल गर्ने दाबी गर्दै स्वस्फुर्त रुपमा महिलाहरु समाजवादी क्रान्तिको यात्रामा लाग्नु पर्ने धारणा राखे ।
बैठक अनेमसंघ (क्रान्तिकारी) का जिल्ला अध्यक्ष नविना सीको अध्यक्षतामा बसेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button