देशसुदूरपश्चिम प्रदेश
अछामा माटाेकाे डिस्काेले पुरिएर दुई महिलाको मृयु

फागुन २६
अछाम
अछाममा माटोकाे ढिस्काेले जेठानी देउरानी काे मृत्यु भएको छ ।जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउको रातिमाटामा माटोको ढिस्कोले पुरिएर दुई जनी जेठानी देउरानी काे मृत्यु भएको हाे । उनको दिउँसो ३/४ बजे घर पाेत्ने माटो खन्ने क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।
वडा अध्यक्ष पदम बहादुर बोहराका अनुसार ढिस्कोमा पुरिएका दुवै जना वडा नम्बर ८ वलिगाउँ सुतुडाका अन्दाजी ३०देखि ३५ वर्षका देउरुपा वोहरा र विनिता बाेहरा दुई जनी जेठानी देउरानी रहेको बताएका छन् ।
स्थानीयले रातीमाटाेले घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई पुरिँदा मृत्यु भएको जनाइएको छन् ।
मृत्यक दुवै जनाको शव स्थानीयले वाहिर निकालेका छन ।
प्रहरीलाई जानकारी गराईएपछि प्रहरीको टोलि घटना स्थल तर्फ गईरहेको छ ।