मिति: २६ चैत्र २०८१, बुधबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
माओवादी रूपान्तरण भए एकता सम्भव : सुशील – Darsan Nepal
कर्णाली प्रदेशदेशराजनीति

माओवादी रूपान्तरण भए एकता सम्भव : सुशील

कालिकोट।

नेपाल कम्युनिस्ट पार्टी स्थाई कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज सुशील सी ले
माओवादी संग एकता आजको आबश्यक्ता भएको बताउनु भयो । यदी समयमै एकता गर्ने होईन भने मिसन ८४ दलाल पुजिवादको हुने ठोकुवा गर्नु भयो ।

रुपान्तरण बिनाको पार्टी एकता ले बर्गलाई फाईदा होईन दलालहरुलाई फाईदा हुने बताउनु बताउँदै बर्तमान देशको समस्या लाई हलगर्न भिजनकारी कम्युनिष्ट बामपंन्थि सच्चा लोकतन्त्रवादी शक्तीहरु एकता बद्द भएर बर्तमान समस्या हल हुने र समाजवाद आएरै छाड्ने दावी गर्नु भयो ।

जिल्ला प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ईन्चार्ज सुशील सी ले कालिकोट ले जनयुद्धको बेला खेलेको भुमिका लाई दलाल पुजिवादबिरुद्दको योलडाईमा पनि त्यो भुमिका खेलेरै छाड्ने दावी गर्नु भयो ।

उक्त प्रशिक्षण कार्यक्रममा मन्तब्य राख्दै पोलिट ब्यूरो सदस्य भेषराज सी ले पार्टी ले बिकास गरेका नया सष्लेषण हरुको गहन अध्यन गर्दै लागू गर्न अपिल गर्दै कुशल नेतृत्व असल बिचार भएको पार्टी नेकपा नै भएको ले उर्जा सहित फिल्डमा डट्न अपिल गर्नु भयो ।

कार्यक्रममा जिल्ला ईन्चार्ज बिबेक सी केन्द्रीय सदस्य प्रायास सी ले महत्वपुर्ण मन्तब्य राख्नु भएको थियो । जिल्ला सेक्रेटेरी एबं केन्द्रीय सदस्य बलवान् को अध्यक्षता र केन्द्रीय प्रतिनिधि समिति सदस्य प्रायस सी र जिल्ला सल्लाकार सदस्य हरूको आतिथ्यता मा सम्पन्न कार्यक्रम को संचालक केन्द्रीय सदस्य रणदिप ले गर्नु भएको थियो।

केन्द्रीय सदस्य शाहासी सी ले स्वागत मन्तब्य दिनुका साथै केन्द्रीय सदस्य रमेश सी ले परिपत्र बाचन गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button