मिति: २८ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
सी व्यापार केन्द्र’को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले भने ‘नेकपाबाट सबैले सिकोन’ – Darsan Nepal
अर्थव्यवस्थाताजा समाचारदेश

सी व्यापार केन्द्र’को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले भने ‘नेकपाबाट सबैले सिकोन’

‘सी व्यापार केन्द्र’को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले भने ‘नेकपाबाट सबैले सिकोन’

१४ माघ,काठमाडौ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्धारा आफ्नै उत्पादनमा सुरु गरिएको सी व्यापार केन्द्रको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नु भएको छ ।

काठमाडौको बुढानिलकण्ठमा सोमवार भव्य तामझाम सहित आयोजना गरिएको उद्घाटन कार्यक्रममा कैचीले रिबन काटेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले सी व्यापार केन्द्रको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पूर्वप्रधानमन्त्री नेपालले विप्लवले गरेको उत्पादनबाट सबैले सिकोन भन्ने शुभकामना व्यक्त गर्नु भयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीले उत्पादनसंगै सी व्यापार केन्द्रको नयाँ यात्रा सुरु गरेकोमा धन्यवाद दिदै सफलताको शुभकामना व्यक्त गर्नु भयो । पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट पार्टीका नेताहरुमा श्रम संस्कृति सहित देश बनाउने चिन्ता नहुदा सत्ताको दुरुपयोग गर्ने प्रवृति हावी भएको टिप्पणी गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘नेकपाको श्रम संस्कृति सबैलाई शिक्षा लिन लाएक छ, नेपालमा धेरै कम्युनिष्ट नेता प्रधानमन्त्रीहरु भए । कम्युनिष्ट पार्टीका नेताहरुमा देश बनाउने चिन्तन भएन । प्रधानमन्त्रीमा सत्ताको दुरुपयोग गर्ने प्रवृति हावी भयो । कम्युनिष्ट नेताहरु सत्ताको दुरुपयोगबाट वाहिर जानुपर्छ । श्रम संस्कृतिसंग नजोडिएसम्म देश बन्दैन ।’ पूर्वप्रधानमन्त्री नेपालले एउटा कम्युनिष्ट पार्टीको नेता आफै उत्पादनमा संलग्न हुदै श्रमसंग उत्साहित भएर नेता कार्यकर्तालाई उत्पादनमा लगाउनु आफैमा नयाँ काम भएको भन्दै यो जीवन यापनसंगै राष्ट्रिय उत्पादनसंग जोडिएको कुरा हो भन्नु भयो ।

‘केही नयाँ काम गरौं, आवश्यक छ भन्ने विप्लवको विचार र पहल सकरात्मक हो’ उहाँले भन्नु भयो, ‘मैले विप्लवले गरेको उत्पादन, उत्पादन गर्ने नेता कार्यकर्तालाई मात्र वितरण गर्ने र बचेको पार्टीको आम्दानी गर्ने होकि सोचेको थिए । तर यो जनतासम्म लिने रहेछ, सी व्यापार केन्द्रले नयाँ सन्देश दिएको छ । यसले क्वालिटी देहोस, जनतालाई जोडन सकोहोस् । सबै कम्युनिष्टहरुले यसबाट सिक्नु पर्छ, विदेशीने युवा शक्ति पनि नेपालमा रोक्नुपछ ।’ उहाँले नेपालको राज्यले नेपालको श्रोत साधनहरुलाई जनताको हितमा प्रयोग गर्न सके कुनै पनि नेपाली विदेश पलायन हुन नपर्ने र नेपाल विश्वको धनी देश बन्न सक्ने विश्वास व्यक्त गर्नु भयो । सी व्यापार केन्द्रमा नेकपाले उत्पादन गरेको अर्गानीक चामल,दाल, तेल, मह, चिया, लगायतका विभिन्न खाद्य सामग्री देखि सरसफाई सम्वन्धि विभिन्न सामग्रीहरु राखिएको छ ।

नेकपाले अरु भन्दा सस्तो र क्वालिटी बस्तु उपभोक्ताको चुलोसम्म पुर्याउने प्रतिबद्धता जनाएको छ । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु नेकपाका अध्यक्ष ऋषिराम कट्टे, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठ लगायतले बोल्दै विप्लवको कृषि क्रान्ति सबैले अनुकरण गर्न लाएकको भएको भन्दै सफलताको शुभकमना दिएका छन । नेकपाका महासचिव विप्लव सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड सी नेकपाका अन्य केन्द्रीय नेता, कार्यकर्ता, सहिद परिवार, वेपत्ता परिवार सहित उल्लेखिए जनताहरुको सहभागिता रहेको थियो । सी व्यापार केन्द्र एउटा कम्युनिष्ट आन्दोलनमा नेकपाले सुरु गरेको नयाँ मोडेल भएको र यसले देशको अर्थतन्त्रमा पनि योगदान पुर्याउन सक्ने अनुमान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button