सबै नेता टेस्टेड भए, अब यो देशलाई विप्लव चाहिन्छः महासंघका अध्यक्ष सिवाकोटी

१३ माघ,काठमाडौ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्र्वोच्च महासंघका अध्यक्ष विष्णु सिवाकोटीले नेपालका सबै नेताहरु टेस्टेड भईसकेकाले अब देश समाल्ने नेतृत्व विप्लव चाहिएको बताएका छन ।
आईतवार काठमाडौंमा भएको धुव्रीकरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्र्वोच्च महासंघका अध्यक्ष सिवाकोटीले देश समाल्ने नेता विप्लव मात्र देखेको र विप्लव चाहिएको बताएका हुन ।
उनले भने, सबै नेता टेस्ट भए, भ्रष्ट र दलाली गर्नेमा कोही पनि वाकी रहेनन्, देशलाई चुसेर खोक्रो बनाए, देशले सक्षम नेता पाएन, केही गर्न सक्ने आसा लाग्दो नेता भनेको विप्लव हो, त्यो देखेर म आज यो पार्टीमा प्रवेश गर्दैछु, तपाई देशको नेतृत्व गर्नुहोस विप्लव कमरेड ! हामी साथ दिन तयार छौ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्र्वोच्च महासंघका अध्यक्ष सिवाकोटीले विप्लवको देश बनाउने विश्वास र जागर आफुले देखेको भन्दै विप्लवको उत्पादनको क्रान्ति उदाहरणीय भएको बताए ।
‘देशका ४६ बटा उद्योगहरु, नदि नालाहरु बेचर खाने पार्टीहरुले देश र जनताको लागि केही गर्छन भन्ने विश्वास छैन’ अध्यक्ष सिवाकोटीले भने, ‘युवाहरु विदेशीयका छन, दैनिक एरपोर्टमा लासहरु आउछ र रुवावासी हुन्छ, वैदेशिक नीतिमा हरास छ, विकासमा गति छैन, भ्रष्टाचार मौलाएको छ, यस्तो अवस्थाले देश बन्दैन, बनाउने जस्तो नेता पनि म देख्दैन, त्यसैले पनि यो देशलाई विप्लव चाहिएको छ ।’
उनले चीन र सिंगापुरमा सहि नेतृत्व भएकाले धेरै विकास हुन पुगेको बताए । नेपालको जलश्रोत विदेशलाई दिने नेताहरु छन,यो भनेको ‘सुनको कचौरा थापेर भिख मागे’ जस्तै हो उनले भने ।
उनले कुनै पनि हालमा नेपालको साधन श्रोत विदेशीलाई दिन नहुने भन्दै नेपाली जनताको लगानीमा विधुत उत्पादन गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष सिवाकोटीले यातायता व्यवासायीहरुले नेपालको परिवर्तनका लागि एकपटक विप्लवलाई साथ दिन चाहेको स्पष्ट पार्दैे छिट्टै यातायात व्यवासायीहरुको प्रदेश र केन्द्रको अधिवेशनहरु हुने र त्यसमा साथ दिदै प्रमुख अतिथिको रुपमा विप्लव आईदिन हुन पनि आग्रह गरे ।
कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्र्वोच्च महासंघका अध्यक्ष सिवाकोटी, वरिष्ठ उपाध्यक्ष विक्रम सापकोटा सहित करिव सयौ व्यवसायीहरु नेकपामा प्रवेस गरेका छन ।