मिति: २८ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
डिविजन वन कार्यालय बाजुराका अधिकृत एक युवती सँग अर्धनग्नअवस्थामा खिचिएकाे तस्बिर भाईरल – Darsan Nepal
ताजा समाचारदेशसुदूरपश्चिम प्रदेश

डिविजन वन कार्यालय बाजुराका अधिकृत एक युवती सँग अर्धनग्नअवस्थामा खिचिएकाे तस्बिर भाईरल

बाजुरा
डिविजन वन कार्यालय बाजुराका अधिकृत सुरेशचन्द्र डि सि एक युवतीसँग अर्धनग्न अवस्थामा रहेकाे तस्बिर सार्वजनिक भएकाे छ ।
डिसीकाे अर्धनग्न तस्बिर वन निर्देशनालय धनगढीले फेला पारेपछि डिसीलाई सात दिन भित्र जपाफ दिन आज पत्राचार गरिएकाे वन निर्देशनालय धनगढीले जानकारि दिएकाे छ ।

डिसीको एक युवतीसँग बसेको अर्धनग्न तस्बिर र घुस लिँदै गरेको जस्तो देखिने तस्बिर अहिले सञ्चारमाध्याम र सामाजिक सञ्जालमा भाईरल बनेकाे छ ।

सुदूरपश्चिम वन निर्देशनालयका वन निर्देशक हेमराज विष्टका अनुसार निजामती सेवा ऐन, २०७९ को दफा १०१ तथा सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली २०८१ को नियम १३१ मा व्यवस्था भए बमोजिम डिसीलाई पत्र प्राप्त भएको मितिले ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न भन्दै पत्र पठाइ सकेकाे र तस्बिर सही हो या हैन भने यो कर्मचारी आचारसंहिता विपरीत हुने वन निर्देशक विष्टले बताएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button