मिति: २८ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
लागुऔषधसहित दुईजना पक्राउ – Darsan Nepal
ताजा समाचारवाग्मती प्रदेश

लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

 काठमाडौं :

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २५ ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-२ बस्ने ३० वर्षीय सुन्दर यादव र ३१ वर्षीय बिजय यादव रहेका छन् ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०१-००१ ख ४५५८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button