मिति: ४ बैशाख २०८२, बिहीबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
२९ औं दिलमाया वीरता (बेथान)स्मृति दिवस बाँकेमा मनाईयो – Darsan Nepal
ताजा समाचारमुख्य समाचार

२९ औं दिलमाया वीरता (बेथान)स्मृति दिवस बाँकेमा मनाईयो

२९ औं दिलमाया वीरता (बेथान)स्मृति दिवस बाँकेमा मनाईयो

१९ पुस,बाँके

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाँकेले २९ औं दिलमाया वीरता स्मृति दिवस बाँकेमा मनाएको छ । जिल्लाको कोहलपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी २९ औं दिलमाया वीरता स्मृति दिवस मनाएको हो ।
आज भन्दा २९ बर्ष अघि २०५३ साल पुस १९ गते आजैका दिन रामेछापको वेथान प्रहरी चौकी कव्जाका क्रममा महिला छापामारको तर्फवाट लड्दा लड्दै उच्च बलिदान गरेका दिलमाया बम्जनको स्मृतिमा हरेक वर्ष अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले वीरता स्मृति दिवस मनाउदै आएको छ ।
सोही शिलशिलामा महिला संघ (क्रान्तिकारी)ले दिलमायाको वीरतालाई उच्च सम्मान गर्दै दिलमाया स्मृति दिवस मनाएको जनाएको छ ।
स्मृति दिवसका अवसरमा प्रमुख अतिथि नेकपा बाँकेका जिल्ला इन्चार्ज रक्तिम सीले कार्याक्रमलाई सम्वोधन गर्दै दिमाया जस्ता वीर विरङ्गानाहरुको बलिदानले जनयुद्ध विजयको उचाईमा पुगेको बताउनु भयो ।
उहाँले शान्ति प्रक्रिया पछि जनयुद्धको उपलव्धीको रक्षा गर्नेमा नेतृत्वमा आएको विचलनले केही अभाव भएपनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको उपलव्धीको रक्षा गरिरहेको दाबी गर्नु भयो ।
उहाँले भन्नु भयो ‘आज भन्दा २९ बर्ष पहिले दिलमाया जस्ता महिलाहरुको वीरताले जनयुद्ध विजयउन्मुख भएको थियो, रामेछापको वेथान प्रहरी चौकी कव्जाका क्रममा दिलमाया बम्जन सहित तिर्थ वहादुर गौतम,फत्त वहादुर स्यालामी मगरले उच्च बलिदान गरेका थिए, उहाँहरुको स्मृतिमा यो दिवस मनाईरहेका छौ ।’


उहाँले दिलमाया जस्ता महिलाहरुलाई क्यालारा जेट्किन तथा पारिजातको रुपमा लिनु पर्ने टिप्पणी गर्नु भयो । नेता रक्तिम सीले नेपालमा दिलमाया र जनयुद्धको सपना एकीकृत जनक्रान्तिको माध्यमवाट बैज्ञानिक समाजवादमा पुगेर मात्र पुरा हुने बताउनु भयो ।
कार्यक्रममा अतिथि अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य कल्पना सीले सहिदहरुको रगतले नेपालमा गणतन्त्रसम्म देश पुगेको बताउनु भयो ।
कार्यक्रममा अतिथि अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश संयोजक पूर्णिमा सीले महिलाहरुको योगदान जनयुद्धमा सामान्य नभएको जिकीर गर्नु भयो ।
कार्यक्रममा अतिथि अखिल (समाजवादी)का केन्द्रीय सचिव प्रितिमा सीले सामान्ती सत्ताको दमनका विरुद्ध महिलाहरुको उल्लेखनीय भूमिका खेलेको बताउनु भयो । उहाँले दिलमाया जस्ता वीरु योद्धा महिलाहरुको रगतले जनयुद्धको उपलव्धी सहित गणतन्त्रसम्म पुगेको दावी गर्नु भयो ।
कार्यक्रममा अतिििथको रुपमा नेकपाका केन्द्रीय सदस्य नारायण सी, शोभा सी,जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विक र दिपक सीको उपस्थिति रहेको थियो ।
अनेमसंघ (क्रान्तिकारी) का जिल्ला कोषाध्यक्ष ज्योति सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अनेमसंघ (क्रान्तिकारी)का जिल्ला सचिव अमृता सीले संचालन गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button