मिति: २८ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा – Darsan Nepal
देशशिक्षा

प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा

२२ फाल्गुन, सल्यान । जिल्लाको कपुरकोट गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि केसीले छात्रामाथि अश्लील म्यासेज गरेको आरोप लागेपछि राजीनामा दिएका छन् ।

गाउँपालिकाले निलम्बनसहितको स्पष्टीकरण सोधेपछि केसीले गल्ती भएको स्वीकार गर्दै राजीनामा दिएको गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार केसीले सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय छात्रालाई अश्लील म्यासेज गर्ने गरेका थिए ।

उक्त विषयमा गाउँपालिकामा उजुरी परेको थियो । शिक्षक केसी ५४ वर्षका भए ।

‘उजुरी पश्चात् हामीले उहाँलाई स्पष्टीकरण सोधेका थियौँ तर, उहाँ राजीनामासहितको पत्र ल्याएर आउनुभयो,’ भण्डारीले भन्नुभयो, ‘एक शिक्षकजस्तो व्यक्तिले त्यस्तो दोहोरो अर्थ लाग्ने काम गर्नु हुन्थेन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button