काठमाडौं
तीन सय ५६ ग्राम सुनसहित काठमाडौंकाे चन्र्दागिरि नगरपालिका -२ बाट प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ।
नागढुंगास्थित चेक प्वाइन्टमा बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६८५८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा भारतकाे उत्तर प्रदेश गाेण्डा जिल्ला कान्जे माेउ घर भएका २७ बर्षिय कनैयालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं उपरिक्षक नवराज अधिकारले जानकारि दिएका छन ।
पहेँलो धातु जस्तै देखिने वस्तु कनैया लालले गुप्तांगमा काबर्नकाे कागजमा खैराे रङकाे टेपले बाँधेर लुकाइरहेकाे अवस्थामा १३ टुक्रा भेट्टिएकाे र थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंले बताएकाे छ ।