२०८१ मङ्सिर ८ गते शनिवार
मंङसिर ८, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको रास्कोट नगरपालिका स्थित आरसीपी बजारमा आज भव्य जनसभा गर्न लागेको छ । पार्टीको ११ औं पुनर्गठन दिवसका अवसरमा भव्य जनसभा गर्न लागिएको नेकपा कालिकोटका जिल्ला इन्चार्ज विवेक सीले वताउनु भएको छ । जनसभा आज दिउसो १ बजेबाट सुरु हुनेछ । जनसभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा कालिकोटले जनाएको छ । जनसभामा स्थानीय कलाकारहरुका झाँकी,देउडा समेत प्रस्तुत गर्ने तयारी गरिएका छन ।
नेकपाका कार्यकर्ताहरु रास्कोट नगरपालिकाका सबैठाउँमा पुगेका छन । पार्टीको जिल्ला तहका सबै नेता कार्यकर्ता रास्कोट पुगेका छन । कार्याक्रममा रास्कोट लगायत आसपासका पालिकाका जनता सहभागी गराउने तयारी छ । जनसभा सुरु हुनु पूर्व पञ्चेवाजा बजाएर,नारा जुलुस लगाएर प्रदर्शन गर्ने नेकपाले तयारी गरेको छ । आज भन्दा ठिक १० बर्ष अघि २०७१ साल मंङसिर ८ गते आजैको दिन मोहन वैद्य (किरण)वाट पार्टी अलग गरी नेकपा पुनर्गठन गरिएको दिनलाई पार्टी पुनर्गठन दिवस मनाउन लागिएको हो । नेकपाले देशभर विभिन्न कार्याक्रममा साथ मनाउदै छ । काठमाडौमा पनि आज विशाल जनसभाको आयोजना गरेको छ । जनसभामा पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले सम्वोधन गर्दैछन ।