< Skip to content
२०८१ मंसिर ९ आईतवार
२०८१ मंसिर ९ आईतवार

टहरा मुक्त बन्याे जिल्ला अस्पताल मुख्यमन्त्री कँडेल द्धारा उद्धघाटन

कालिकोट

कालिकोटकाे जिल्ला अस्पतालकाे ओैपचारिक उद्घाटन भएकाे छ ।
सोमवार कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले अस्पतालको औपचारिकरुपमा साे अस्पतालकाे उद्घाटन गरेका हुन् ।
चिकित्सक र ओैषधीकाे अभावभै अभावमा रुमलिदै आएकाे जिल्ला अस्पताल लाेमाे समय देखि स-साना टिनका टहराहरु बाट लामाे समय देखि सेवा दिदै आएकाे थियाे ।

जिल्ला अस्पताल भएपनी अतिअवश्यक सेवा वाहेक अन्य जटिल केशहरु कहिले जुम्ला र प्रदेश अस्पताल सुर्खेत रेफर गर्नु प्रथ्यो । अहिले भवन संगै आवश्यक दरबन्दी अनुसारको चिकित्सक पाएपछी पछिल्लो समय अस्पताल सुधिारिदै गइरहेको छ ।

भवन अभावमा अस्पताललले बिरामीलाई दिनु पर्ने जती गुणस्तरीय सेवा दिन सकेको थिएन । नयाँ भवनबाट सेवा दिन थालेपछि बिरामी तथा चिकित्सकहरूलाई पनि सहज भएको जिल्ला स्वास्थ्य प्रमुख डा.भिष्म पोख्ररेलले बताए । ‘टिनको टहरामुक्त त बन्यो यो खुसिको कुरा हो,’ पोख्रेलले भने,अझै दक्ष जनशक्ती र उपकरणको आवश्यकता रहेको औँल्याए ।

करिब २६ करोडको लागतमा ५० शय्याको सुबिधा सम्पन्न भवन निर्माण भएपछी सेवा प्रवाहमा सहज भएको छ ।

अव भवन अनुसारको सेवा दिन बिषेशज्ञ चिकित्सक हाल दरबन्दी अनुरुप पुर्ती गरिदिन,एम्बुलेन्स,ब्वलोड बैंक स्थापना र अन्य उपकरण आवश्यक रहेको मुख्यमन्त्री संग माग गरे ।

भवनको औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री कडेँलले आवश्यक उपकरण र बिषेशज्ञ चिकित्सको व्यवस्था गछौँ तर, सेवा गुणस्तरमुखी हुनु पर्ने बताए । राष्टगुरु योगी नरहरीनाथ जन्मेको जिल्ला कालिकोट अहिले स्वास्थ्य शिक्षा र आवश्यक पुर्वाधारमा हुनु पर्ने जती बिकास हुन नसकेको जिकिर गरे ।

अव यो समस्याको सावधान प्रदेश सरकार र संघ सरकारले पुर्ति गरिनु पर्ने समेत बताए । उपकरण र दक्ष चिकित्सकको व्यवस्था गरिन्छ तर, सेवा गुणस्तरमुखी गरिनुपर्ने मुख्यमन्त्री कँडेलले निर्देशन दिए ।
यस्तै उद्घाटन कार्यक्रममा सहभागी प्रदेशका सामाजिक बिकास मन्त्री घनश्याम घण्डारीले औषधी,उपकरण र दक्ष चिकित्सकको अभाव झेलिरहेको कालिकोट जिल्ला अस्पतालमा आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाएका छन ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।