काठमाडौं
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको छ।
आइतबार विराटनगरस्थित निवासबाटै पक्राउ परेका अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको हो। विमानस्थलबाट प्रहरीले अधिकारीलाई काठमाडौं प्रहरी परिसर लगेको छ।
अधिकारीमाथि पदको दुरुपयोग गर्दै गैरकानुनी तरिकाले केहि व्यक्तिहरु जापान पुर्याउन खोजेको आरोप छ।
मन्त्री अधिकारीले मन्त्रालयकै नक्कली परिचय पत्र बनाएर केहि व्यक्तिहरूलाई जापान पुर्याउने प्रयास गरेको पाइएको थियाे। बरामद नक्कली कार्डहरूमा निमित्त कार्यालय प्रमुखका रूपमा मन्त्री अधिकारी अाफाै हस्ताक्षर रहेको थियाे ।