भदौ १५ कञ्चनपुर ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी शुदूरपश्चिम प्रदेशको प्रथम भेला तथा प्रशिक्षण कन्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ्र । यही भाद्र १४ गतेका दिन अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य पवित्रा सीको अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी को प्रमुख आतिथ्यतामा शुदूरपश्चिम प्रदेशको प्रथम भेला तथा प्रशिक्षण सम्पन्न भएको हो । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय अध्यक्ष बन्धु सीको विशिष्ट आतिथ्यता तथा अन्य अतिथिहरु पार्टी केन्द्रिय सदस्यहरु समर सी, बिपी सी बिराट र कमल सी लगायत पार्टी केन्द्रिय प्रतिनिधि समिति सदस्य र अन्य जनबर्गीय संगठन÷मोर्चाका केन्द्रिय स्तरका नेताहरुको उपस्थितिमा शुदूरपश्चिम प्रदेशको प्रथम भेला तथा प्रशिक्षण सम्पन्न भएको हो । उक्त कार्यक्रमा सय जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन कमरेड सुनिता सीले गरेकी थिइन । महिला संघको प्रथम प्रदेश भेलालाइ सम्बोधन गर्दै संघकी केन्द्रिय अध्यक्ष बन्धु सीले महिला अधिकारको सुनिश्चितता समाजबादी राज्य ब्यवस्थाले मात्रै ग्यारेन्टी गर्ने भएकाले दलाल पुजिबादका बिरुद र समाजबाद स्थापनाका लागि सम्पूर्ण क्षेत्र र उत्पीडित समुदायका महिलाहरु एकजुट हुनुपर्ने बताईन । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य भरत सीले ५१% भन्दा बढी महिला जनसंख्या भएको देशमा महिला उत्पीडन हुनुमा दलाल पुजीबादी राज्य व्यवस्थाको प्रमुख दोष भएको बताए । पार्टीको आगामी कार्यनीतिको बारेमा थप प्रशिक्षण गर्नु हुदै उनले एकीकृत जनक्रान्तिले नेपालको राजनीति संकटलाइ हल गर्न नेपाली बिशेषताको समाजबाद आबश्यक रहेको बताए । उक्त भेलाले कमरेड पवित्रा सी सुदूरपश्चिम प्रदेश इन्चार्ज रहने गरी कमरेड सुनिता सीको संयोजकत्वमा १३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । निर्वाचित सम्पूर्ण महिला सदस्यहरुलाई सुभकामना तथा बधाई मन्तब्य दिदै पार्टी केन्द्रीय सदस्य तथा कन्चनपुर जिल्ला इन्चार्ज बिराट सीले सम्पूर्ण महिलाहरुलाई भ्रष्ट दलाल पुजीबादी सत्ताको बिरुद्दमा र समाजवाद प्राप्तिको निमित्त सङ्गठित भएर संघर्षमा होमिन निर्देशन दिएका थिए ।