< Skip to content
२०८१ मंसिर ९ आईतवार
२०८१ मंसिर ९ आईतवार

नेपाल कल्याण समाज जापानको कार्यसमितिको निर्णय मा जापान भरी नै आर्थिक संकलनको अपिल –

सिर्जना खड्का बचाउ अभियानमा सामाजिक अभियान्ता बिष्णु शर्मा को संयोजकत्व र नेपाल कल्याण समाज जापानको कार्यसमितिको निर्णय मा जापान भरी नै आर्थिक संकलनको अपिल –

नेपाल कल्याण समाज जापानले नेपाल र नेपालीका लागी फरक फरक ढङ्गले विभिन्न थुप्रै सामाजिक कार्यहरु गर्दै आएको छ । प्राकृतिक प्रकोप भुकम्प तथा बाढि पिडित देखी दुःखी गरिबि टुहुरा बालबालिका लाई सहयोग गर्दै आएको छ । पछिल्ला दिनहरुमा नेपालमा ब्लड संग सम्बन्धित कार्यक्रममा पनि सहकार्य गरिएको छ ।

समाज सेवी तथा नेपाल कल्याण समाज जापानका उपाध्यक्ष बिष्णु शर्मा ज्युले नेपालमा व्यक्तिगत रूपमा पनि थुप्रै सामाजिक कार्यमा आर्थिक सहयोग डोनेट गर्दै आउनु भएको छ । अरुको दुःखमा सधै साथ र सपोर्ट गर्नुपर्छ भन्ने महान उद्देश्यले यो अभियान सुरु भएको छ । सस्थागत अन्त भयता पनि ब्याक्ती गत बिष्णु शर्माले यो अभियानलाई निरंतरता दिने बताउनु भएको छ्।।

व्यवसायी तथा समाज सेवी नेपाल कल्याण समाज जापानका उपाध्यक्ष बिष्णु शर्मा र नेपाल कल्याण समाज जापानको संस्थागत पहलमा यो अभियान समाजमा लायका थियौ,र क्यान्सर पिडित सिर्जना खड्का कार्कीको उपचारमा आर्थिक सहयोग अभियान जुलाई ३० गते सुरू गरि अगस्ट १३ गते सम्मको 2 हप्ताको अभियान सुरु भएको थियो जसमा नेपाल कल्याण समाज जापानका उपाध्यक्ष बिष्णु शर्मा ज्युले व्यक्तिगत तथा संस्थागत पहलमा जापानमा भएका विभिन्न संघ संस्था, व्यवसायिक तथा सामाजिक व्यक्तित्वहरु संग आर्थिक अभियानमा सहयोग गरिदिनु हुन पहल गर्नु भएको थियो । जसमा जापान भरि बाट संघ संस्था तथा व्यवसायिक सामाजिक व्यक्तित्व लगाएत धेरै जनाले सहयोग गर्नु भएको थियो। नेपाल कल्याण समाज जापानको उपाध्यक्ष अभियान संयोजक बिष्णु शर्मा ज्युले अभियानमा सबै नेपाली माझ तन मन बाट सहयोग गरि सिर्जना खड्का को उपचारको लागी लाग्ने १ करोड भन्दा बढि उपचार खर्चलाई मध्य नजर गदै उपचारको लागी सबैले सहयोग गर्ने पनि पहल भएको जानकारी अभियान संयोजक बिष्णु शर्मा ज्युले बताउनु भएको छ ।

दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं. २ झुले घर भई हाल ओसाकामा बस्दै आइरहेकी सृजना खड्का कार्कीलाई सन् २०२१ को मार्चमा बिरामी भई जाँच गराउदा प्यान्क्रियाटिक/अनाशयीको न्युरोईन्डोक्राइन क्यान्सर (Pancreatic Neuro Endocrine Cancer) भएको र उपाचारार्थ जापान इन्स्युरेन्स कभर नहुने हुदा एक डोजको लागि ३०० मान येन लाग्ने तथा टोटल चार डोजमा उपचार गर्नु पर्ने भएकोले कुल १ हजार २०० मान येन लाग्ने स्वयम् सृजना खड्का कार्की बैनीबाट जानकारी आएको छ। यत्रो ठुलो रकम आफैले व्यबस्था गर्न असमर्थ भएको र पहल गरिदिनुहुन गरिएको अनुरोधलाई आत्मसाथ गर्दै हामीहरुको सानो सहयोगले बैनीले जीवन प्राप्त गर्ने हुदा नेपाल कल्याण समाज जापान बाट यो अभियान शुरु गरिएको थियो। छ, यहाँहरूले यो अभियानमा आफुले सक्ने सहयोग गरी सृजना खड्का कार्की बैनीको उपाचार्थ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरे संगै नेपाल कल्याण समाज र समाजसेवी विष्णु शर्मा को संयोजकत्वमा 4,60,844 ¥ (चार लाख साठ्ठी हजार आठ सय चौवालीस )जापानी ऐन सहयोग रकम पिडित बहिनी सिर्जना खड्का कार्कीलाई हस्तान्त्रण गरिएको छ।।संस्थागत अभियानलाई अन्त्य गरेता पनि यो अभियानलाई निरंतरता दिने बिष्णु शर्माले प्रतिबद्धता जनाउनु भएको छ्।। फेरि पनि बाकी रहनु भएका सहयोगी मन हरुले सिर्जना खड्का (कार्की) बैनिलाई साथ सहयोग गर्नु हुनेछ।।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।