मिति: २८ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
प्युठानमा अखिल (समाजवादी) सभापति सहित १४ पदमा निर्वाचित – Darsan Nepal
शिक्षा

प्युठानमा अखिल (समाजवादी) सभापति सहित १४ पदमा निर्वाचित

२९ फागुन, प्युठान । 

प्युठानको झिमुरुक क्याम्पस बाग्दुलामा स्ववियु निर्वाचनमा अखिल (समाजवादी)का कमल रोका क्षेत्री सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
विप्लव नेकपा निकट अखिल (समाजवादी)का क्षेत्री सर्वसहमत निर्विरोध निर्वाचित हुनु भएको अखिल (समाजवादी)का केन्द्रीय अध्यक्ष नरेन्द्र सीले जानकारी दिनु भयो ।
सर्वसहमत निर्वाचन भएको क्याम्पसमा सचिव पदमा इश्वर पुन मगर, कोषाध्यक्षमा दिपा थापा मगर,सदस्यहरुमा सरिता थापा सुस्मा नेपाली,जित वहदुर बुढाको उम्मेदवारी परेको थियो ।
प्रत्यक्षतर्फ हुने पदमा वरावरी नै उम्मेदवारी परेको र समानुपातिक तर्फपनि सहमतिमा एकल सूची पेश भएको निर्वाचन अधिकृत रुकमिणी अधिकारीले जानकारी दिनु भयो । यो संगै अखिल (समाजवादी)का ८ पदाधिकारी ६ सदस्य सहित १४ जना सर्वसहमत निर्वाचित भएका छन ।
जसमा पदाधिकारीहरुमा उपसभापतिमा सिमा सी राडीज्यूला शिक्षा क्याम्पस रुकुम,सहसचिवमा सरुका सी जनआदर्श बहुमुखी क्याम्पस चितवन, अजय सी चैतन्य बहुमुखी क्याम्पस काभ्रे, अनिस सी संखुवासभा क्याम्पस, कोषाध्यक्षमा तुलराज सी सिजा बहुमुखी क्याम्पस जुम्ला, रिया सी सिम्रुतु क्याम्पस रुकुम र शम्शेर सी शान्तिआदर्श बहुमुखी क्याम्पस वझाङ रहनु भएको छ ।
यस्तै सर्वसहमत निर्वाचित हुने सदस्यहरुमा मोहन सी सिजा बहुमुखी क्याम्पस जुम्ला, रुपा सी राडीज्यूला शिक्षा क्याम्पस रुकुम,जमुना सी सिम्रुतु क्याम्पस रुकुम, सपना कुमारी सी शान्तिआदर्श बहुमुखी क्याम्पस वझाङ,कल्पना सी शान्तिआदर्श बहुमुखी क्याम्पस वझाङ र गोविन्द बम सिजा बहुमुखी क्याम्पस जुम्ला रहनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button