मिति: २८ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
उत्पादन विनाको राजनीति गर्ने कुरा दलाली हो, विप्लव सी – Darsan Nepal
अर्थव्यवस्थाताजा समाचारदेशराजनीति

उत्पादन विनाको राजनीति गर्ने कुरा दलाली हो, विप्लव सी

आर्थिक दृष्टिकोण विनाको राजनीति दलाली होः विप्लव सी

६ माघ, सुर्खेत ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका राजनीतिक दलहरुमा सुस्पष्ट आर्थिक दृष्टिकोण नहुदा नेपालमा दलाली बढेको बताउनु भएको छ ।
‘बुद्धिजीवीसंग नेपालको अर्थ राजनीति र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आईतवार सम्वोधन गर्दै महासचिव विप्लव सीले यस्तो कुरा वताउनु भएको हो ।
उहाँले भन्नु भयो ‘उत्पादन विनाको राजनीति गर्ने कुरा दलाली हो, भ्रष्टाचार मौलाउने माध्यम हो, नेपालका पार्टीहरु कसैको पनि आर्थिक दृष्टिकोण भएन, जसले गर्दा नेपालमा समस्या पैदा भयो ।’
महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टीले नेपाली राजनीतिमा देखिएको दलाली भत्काउन नयाँ आर्थिक मार्गको अवधारणा अघि सारेको वताउनु भयो ।
उहाँले नेताहरु सुख भोगमा बढी रमाउने तर आफ्नै उत्पादन र श्रमसंग नजोडिने कुराले नेपाल गरिब भएको बताउनु भयो ।
उहाँले राजनीतिक क्षेत्रमा केही परिवर्तन भएपनि अर्थको क्षेत्रमा कुनै परिवर्तन नभएको जिकिर गर्नु भयो ।
महासचिव विप्लवले भन्नु भयो ‘राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्ति जरुरी छ, आत्मनिर्भर सहित समृद्धिको आर्थिक मार्ग चाहिन्छ, सरकारले समृद्धिको कुरा गरेपनि आत्मनिर्भर विना समृद्धि हुदैन, त्यसो भएर अव नेपालमा सबैलाई आत्मनिर्भरको आर्थिक कार्यक्रम चाहिन्छ ।’
उहाँले नेकपा खानको लागि परनिर्भर नभएको बताउनु भयो । ‘हामी देशको अर्थतन्त्रलाई उत्पादनसंग जोडेर अगाडि वढन चाहान्छौ’ महासचिव विप्लवले भन्नु भयो, ‘त्यसका लागि कृषि क्षेत्रलाई जोड दिनु पर्छ, र त्यसपछि व्यापार र उद्योगको विकास गरेर समृद्धितिर जान्छौ ।’
उहाँले नेपालको आर्थिक क्षेत्र सुधारका लागि वुद्धिजीवीहरुलाई अनुसन्धानमा सहयोग गर्न अपिल गर्नु भयो । नेकपाको लिएको मार्गमा एकपटक सहयोग गर्न पनि महासचिव विप्लवले सबैमा आग्रह गर्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button