मिति: ८ बैशाख २०८२, सोमबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
नगर विकास समितकाे जग्गा किन्ने र बेच्ने ८७ जना दोषी ठहर – Darsan Nepal
ताजा समाचारदेशराजनीति

नगर विकास समितकाे जग्गा किन्ने र बेच्ने ८७ जना दोषी ठहर

टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललाई एक वर्ष छ महिना कैद फैसला गरेको छ ।

काठमाडौं
विशेष अदालत काठमाडौंले टीकापुर जग्गा प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार सो फैसला गर्दै ८७ जनालाई दोषी ठहर गरेकाे हाे ।

टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललाई एक वर्ष छ महिना कैद फैसला गरेको छ ।

जग्गा किन्ने १ सय १७ जना मध्ये ८७ जनालाई दोषी ठहर गर्दै तीन महिना कैद र जरिवाना हुने फैसला गरेको छ ।

उक्त जग्गा सबै नगर विकास समितिको नाममा हुने ठहर गरेको छ । केशरबहादुर कुँवर र राजु आचार्यले सफाइ पाएका छन् । अदालतले दोषी ठहर गरेका सबैलाई डेढ महिना कैद र १३ लाख सात हजार जरिवाना हुने फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा कैलालीको टीकापुर नगर विकास समितिको जग्गा अनियमित ढङ्गले व्यक्तिलाई बाँडेको आरोपमा मुद्दा दायर गरेको थियो ।

अदालतले टीकापुरको सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गराएकाहरूको जग्गा जफत हुने र नगर विकास समितिको हुने ठहर गरेको छ ।

ती जग्गा एवं तह–तह हक हस्तान्तरण भई हाल प्रतिवादी कायम गरिएका जो–जसको नाउँमा रहेको छ, उक्त जग्गा समेत जफत भई टीकापुर विकास समितिकै नाममा कायम हुने अदालतको ठहर छ ।

जग्गा जफत भएका प्रतिवादीहरूले जग्गा खरिद गर्दा तिरे–बुझाएको रकम कानून बमोजिम सम्बन्धित बिक्रीकर्ता सँग दाबी गरी लिन पाउने नै हुँदा सो तर्फ थप केही बोलिरहनु नपर्ने फैसलामा उल्लेख छ । अख्तियारले नक्कली रसिद बनाई गलत ढङ्गले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा उक्त समितिका अध्यक्ष, पदाधिकारी, कर्मचारी र जग्गा पाउने व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button