मिति: ८ बैशाख २०८२, सोमबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
कालिकोटमा ट्याक्टर दुर्घटना चार जनाकाे मृत्युु – Darsan Nepal
कर्णाली प्रदेशताजा समाचार

कालिकोटमा ट्याक्टर दुर्घटना चार जनाकाे मृत्युु

कालिकोटको पलाँता गाउँपालिकाको थिर्पूबाट खाद्यान्न लिएर खिन, धौलागोह जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

मृतकमा पलाँता गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ का ३८ वर्षीया सदु बुढा, सोही वडाका २३ वर्षीया रविन्द्र विश्वकर्मा र ट्याक्टर चालक मुगुको खत्याडका चन्द्रप्रकाश रोकाया रहेको प्रहरीले जनाएको छ।

राति ११:३० बजे पलाँता-९ थिर्पूबाट खिन जाँदै गरेको ट्याक्टर पलाँता गाउँपालिका-२ को लार्फ गाउँ नजिक दुर्घटना भएको हो। घटनास्थलमै चालकसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। ट्याक्टर दुई सय मिटर तल खसेकाले ट्याक्टरको नम्बर पत्ता लगाउन कठिन भएको स्थानीयले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button