< Skip to content
२०८१ मंसिर ९ आईतवार
२०८१ मंसिर ९ आईतवार

दलाल पुँजीवादी व्यवस्थाको अन्त्य नै समाजवादको उदय होः बलमान सी

दलाल पुँजीवादी व्यवस्थाको अन्त्य नै समाजवादको उदय होः बलमान सी

२७ कार्तिक,कालिकोट

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला पार्टी सेक्रेटरी बलवान सीले दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरेर नै समाजवादी व्यवस्थाको उदय हुने बताउनु भएको छ ।

नेकपा पचालझरना गाउँ कमिटीको समिक्षात्मक बैठकलाई मंगलवार सम्बोधन गर्दै केन्द्रीय सदस्य बलवान सीले दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरेर मात्र नेपालमा समाजवादी व्यवस्थाको उदय हुने बताउनु भएको हो ।

उहाँले भन्नु भयो ‘नेपालमा दलाल पुँजीवादी व्यवस्था चलेको छ, यो जनताको व्यवस्था होईन र दलालहरुको व्यवस्था हो । यो व्यवस्थावाट नेपाली जनताको अधिकार प्राप्त हुन सक्दैन । त्यसो भएर नेपालमा बैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवाद आवश्यक छ । त्यो दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरेर मात्र समाजवाद उदय हुन्छ ।’
उहाँले नेपालमा दलाल पुँजीपति वर्ग र श्रमिक जनता बिचको अन्तरविरोध मुख्य भएको भन्दै त्यसको समाधान समाजवादले दिने ठोकुवा गर्नु भयो ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा पचालझरना गाउँ कमिटीका इन्चार्ज रणदिप सीले राहुनेटामा भएको जिप दुर्घटना दुखत भएको भन्दै घटनामा आफ्नो पार्टीका सचिवालय सदस्य प्रशान्त सी लगायतको निधन हुनुमा बाटोको स्तरउन्नतीमा कमजोरी भएको बताउनु भयो ।

उहाँले जिप दुर्घटनाको कारण वारे निश्पक्ष छानविन हुनुपर्ने र पीडित परिवारले राहत पाउनु पर्ने बताउनु भयो ।
बैठकले जिप दुर्घटनामा निधन भएका पार्टीका सचिवालय सदस्य पदम बम (प्रशान्त सी) लगायतका घटनामा परेका सबै प्रति २ मिनेट श्रद्धान्जली व्यक्त गरेको छ ।

सो अवसरमा शोक प्रस्ताव पारित गर्दै घटना छानविनको लागि ध्यानाकर्षण गराउने प्रस्ताव पनि पारित गरेको छ ।
बैठकले घटनाका घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मंसिर ८ को पार्टी पूनर्गठन दिवस भव्य रुपमा मनाउने निर्णय गरेको नेकपाले जनाएको छ ।

बैठकमा पार्टीको काम कार्वाहीको वारे सहभागीहरुले समिक्षात्मक रिर्पोट पेश गरेका थिए । बैठकमा प्रमुख अतिथि जिल्ला सेक्रेटरी बलवान सी, अतिथिका रुपमामा केन्द्रीय सदस्य रणदिप सी, जिल्ला सदस्य दिलमान सी, तखत सी,दिगदर्शन सीको उपस्थिति रहेको थियो । पचालझरना गाउकमिटी सेक्रेटेरी लोचन सीको अध्यक्षतामा बैठक वसेको थियो ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।