सामन्ती एकात्मक केन्द्रीकृत प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध नेपालमा २०५२ साल फागुन १ गते महान जनयुद्ध सुरु भयो । जनयुद्धको बल र १९ दिने जनआन्दोलनको शक्तिले सामन्ती सत्ताको अन्त्य पनि भयो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देश पुग्यो । यो एउटा उपलब्धी नै हो । तर सोचे जस्तो उपलब्धीमा नेपालको राजनीति पुग्न सकेन । यो सत्य हो । यस बीचमा कम्युनिष्ट पार्टी निर्माणमा महान वहस समेत भए । जनयुद्धबाट आएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पार्टी निर्माण कै मुख्य विषयमा विभाजित हुन पुग्यो । विप्लवले कम्युनिष्ट क्रान्तिकारी पार्टीको वहस चलाउनु भयो । त्यो पार्टी भित्रकै संसदवादी तथा नवसंसोधनवादीहरुले पचाउन सकेनन् । बैद्यको नेतृत्व हुदै अन्ततः आफ्नै नेतृत्वमा विप्लवले नेपाल कम्युनिष्ट पार्टी निर्माण गर्नु भयो । यो बीचको विचार संघर्ष र कठिनाईका यात्राहरु पार्टी निर्माणसंग सम्वन्धित थिए । वास्तवमा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जोड थियो । तर उहाँले सोचे जस्तो पार्टी अझै बन्न सकेन । सापेक्षिक रुपमा अरु कम्युनिष्ट पार्टी भन्दा अहिलेको नेपालमा नेपाल कम्युनिष्ट पार्टी धेरै अगाडि छ । यो पार्टी अझै माओ र लेनिनकालीन कम्युनिष्ट पार्टी बन्न बाँकी छ ।
यो पार्टीले आफ्नो नवौ महाधिवेशनवाट दर्शनमा अवस्था र अनिश्चयको द्धन्द्धवाद जसमा अनिश्चय सम्भावना,रक्षा र रुपान्तरणको संश्लेषण गर्यो । अर्थशास्त्रको क्षेत्रमा उत्पादनमुखी नेतृत्व र कार्यकर्ता एकीकृत स्वामित्वको प्रणालीको विकास गर्यो । संस्कृतिमा सी संस्कृति र जातिमा सी जातिको सामाधान सहितको संश्लेषण गर्यो । राजनीतिक हिसावले नेपाली विशेषताको समाजवादको समाधान दियो । अन्तरसंघषको क्षेत्रमा सत्यबाट तथ्य पत्ता लगाउने नीति लियो । यी सबै कुरा एकीकृत जनक्रान्तिको कार्यदिशामा थप विकास हुन । यो सामान्य विषय होइन । यो विश्वका कम्युनिष्टहरुमा कम्युनिष्ट पार्टी र आन्दोलनमा देखिएको समस्याको समाधान थियो । जसले गर्दा अरु पार्टी भन्दा नेपाल कम्युनिष्ट पार्टी फरक छ । पार्टी केन्द्रीय समितिको पाँचौ पूर्णवैठकले पनि आजको साम्राज्यवाद र नवदलाल पुँजीवादी संसदीय व्यवस्थालाई परास्त गर्न र कम्युनिष्ट जनमतको रक्षा गर्न चार मित्र शक्ति (कम्युनिष्ट, समाजवादी,देशभक्त र लोकतान्तिक गणतन्त्रवादी) चार मित्र वर्ग (किसान, मजदुर, मध्यमवर्ग र राष्ट्रिय पुँजीपति) र ६ मित्र समूदायमा (खस आर्य,जनजाति,मधेसी, श्रमिक समुदाय,महिला, मुस्लिम)को मान्यता विकास गर्दै एकीकृत जनक्रान्तिमा थप विकास गरेको छ । यी १४ बुँदा र शव्द त्यसमा मात्र सीमित छैनन् । आजको साम्राज्यवाद र नवसंसदवादी दलाल पुँजीवादी सबै खाले प्रतिक्रियावादका विरुद्धको तरवार हो भन्ने कुरा बुझन र लागु गर्न नसक्नु हामी भित्रको समस्या छ । यो समस्यालाई भित्र भन्दा वाहिर तल भन्दा माथि पारिजात फुलको भूमिका खेल्नु वासपति चामलको वासनासम्म दिन नसक्नु बल्याकबेरी भएको दाबी गर्नु पनि हाम्रा नविन समस्या हुन् ।
यहाँ विचार गर्नु पर्ने कुरा के छ भने कम्युनिष्ट पार्टी निर्माण गर्ने कुरा सामान्य होईन । पार्टी जसले पनि बनाउन सक्छ तर कम्युनिष्ट अनुशासन सहितको पार्टी बनाउने कुरा आफैमा चुनौतीपूर्ण काम हो । नेपालको सन्र्दभमा कम्युनिष्ट पार्टीहरु च्याउ उम्रे जस्तै छन । सबै पार्टीहरु कम्युनिष्ट पार्टी बन्न अझै सकेका छैनन् । हाम्रो पार्टी कम्युनिष्ट पार्टी बन्ने प्रक्रियामा छ । नेपाल कम्युनिष्ट पार्टीको गत बैसाखमा सम्पन्न केन्द्रीय समितिको पाँचौ पूर्णबैठकले पार्टीलाई सुदृढ विस्तार र क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउने निर्णय गर्यो । यो निर्णयसंगै स्वयम मेरो कार्यक्षेत्र पनि बाँके जिल्लामा हुन गयो । बाँके जिल्लाको नेतृत्व ल्याएर यस जिल्लामा आउदै गर्दा यहाँको पार्टी संगठन निर्माणमा के कस्ता चुनौतीहरु छन ? पार्टी किन जनतासम्म फर्किएको छैन ? जनतासंग पार्टीको सम्वन्ध किन जोडिन सकिएन ? अब पार्टी निर्माणका लागि सम्भावना के छन ? बाँके जिल्लाको पार्टीलाई कम्युनिष्ट तथा क्रान्तिकारी पार्टी कसरी बनाउन सकिएला ? भन्ने गहन प्रश्न छन । सथौ ६ महिना भित्र यहाँ गरेका कामहरुबाट के कस्ता अनुभूतिहरु गरियो ? भन्ने कुरा यहाँ चर्चा गर्न खोजेको छु । यसले पार्टी र क्रान्तिलाई नयाँ उचाईमा उठाउनेमा ठुलो भूमिका खेल्ने आसा पनि गरेको छु ।
पार्टी निर्माण र चुनौतीहरु
बाँके जिल्लामा पार्टी निर्माणका समस्या र चुनौतीहरु माथि भनिएकै विषयमा केन्द्रीत छन । पार्टीले विकास गरेको र संश्लेषण गरेको विचारमा केन्द्रीत हुन नसक्नु नै मुख्य समस्या र चुनौतीहरु छन । २०८१ सालको बैसाख ५ गते देखि ७ गतेसम्म केन्द्रीय समितिको बैठकपछि गृह जिल्ला बाँकेमा कार्यक्षेत्र हुने कुरा मेरो लागि पनि नयाँ थियो । मेरो राजनीतिक जीवनको नयाँ अवसर पनि थियो । बाँकेमा विगतदेखि पार्टी निर्माणको सवालमा समस्याहरु छन । बुझाईमा एकरुपता नहुदा र क्षेत्रगत मानसिकताले काम गर्दा बाँकेमा पार्टी निर्माण सोचे जस्तो हुन सकेको छैन । अहिले विगतका समस्याहरु अवशेषको रुपमा निरन्तरतामै छन । तर समस्याको निराकरण गर्ने प्रयास भने भएका छन । यो बीचमा राजनीतिक रुपमा जिल्लामा ६ पालिका र ३ वडा कमिटीहरु निर्माण गर्न सफल भएका छौ । यो भनेको निकै उपलव्धी हो । विगतमा यस जिल्लामा पालिका कमिटी पनि बनाउन नसकिरहेको अवस्थामा अहिले ९ वटा कमिटीको आकार दिनु सामान्य कुरा होईन । त्यसैले पनि जिल्लामा केहीहदसम्म पार्टी र क्रान्तिकारी आन्दोलनप्रति गैरजिम्मेवार हुने विकेन्द्रीत बुझाईहरु भत्काउने काम पनि चुनौतीपूर्ण थियो र अहिले त्यो एकहदसम्म भत्काउन सफल भएका छौँ ।
वास्तवमा समस्या र चुनौतीहरु के हुन ? किन बाँकेमा सबैको आँखा लाग्छ ? बाँकेलाई आर्थिक केन्द्र मात्र किन बनाईन्छ ? यी प्रश्नहरु पनि छन । कतिपयको बाँकेलाई आर्थिक केन्द्र मात्र बनाउने समस्या पनि थिए र छन । सौर्य उर्जाको पोल खडा गर्ने चौर्ययन्त्रको पारखी बन्ने पुँजीवादी पार्टी राजनीतिको लेसन जस्ता क्षेत्रगत मानसिकता बनाउने कुराले बाँकेमा समस्या आएको हो भन्ने कुरा १ महिने बाँके पार्टीको अभियानमा देखिन पुगेको छ । यो सुधार गर्नु मेरो कर्तव्य हो । २०५४साल चैत्र २६ गते ११ बर्षिय नावालक उमेरमा नै पार्टी अर्थजनीतिक सिद्धान्त,संगठन संघर्षको समुचित तालमेल के हो ? भन्ने कुरा थाहा नहुदै माओवादी भएर पूर्णकालिन हुने कुरा आज स्मरण गर्दा आफैमा अनौठो लाग्ने गर्दछ । जनयुद्धकालिन पार्टी राजनीतिमा पनि आफ्नै खालको सरुवा बडुवा थियो । त्यो समयमा पनि म गृह जिल्ला वस्ने अवसर पाएन । बाँके जिल्ला जिम्मा लिने कुरा नयाँ थियो । जसका कारण यो जिल्लामा थुप्रै अनुभूतिहरु बटुल्ने अवसर पाईरहेको छु ।
बाँके पार्टीका सेक्रेटरी क कल्पनाले महिला नेतृ तथा सहिद परिवार वहिनी पूर्णीमाको घरमा दोसल्लाह ओढाएर गरेको स्वागत र सम्मान मेरो लागि नयाँ थियो । त्यतिबेला लगाएको टिका सहिदको रगत सम्झिएको थिए । यो स्वागतमा कसम खाएर भावुक हुदै पनि मैले भने ‘बाँचे बाँके,मरे अगैया’ अब मेरो जन्म जहाँ भएपनि कर्मथलो बाँके हुन्छ भनेर कसम खाएको थिए । फिल्ड मार्सलको भूमिका खेल्न फिल्डमा लागे । मलाई लाग्थ्यो पश्चिमको अछाम जन्मिएका बलदेव शाह (बाँकावीर),डोटी जन्मिएका डा.केआईसिंह, भीमदत्तपन्त, जनयुद्धका सहिद दिलवहादुर रम्तेल,सुरेश वाक्ले, बहुवीर योद्धा, दछिराम चौधरी (प्रहार), अर्धाखाँची पाल्पा जिल्ला सिमानाको दोहोरो भिडन्तमा साहादत्त प्राप्त गर्ने हाम्रो बटालियन कमाण्डर क मण्डल सिंह,कमिसार निसान लगायत हजारौ सहिदको सपना पुरा गर्न बाँकी छ । यो सपना पुरा गर्ने एकमात्र बाटो एकीकृत जनक्रान्ति हो । यसको नेतृत्व विप्लव हो । यसो सोचिरहदा म बाँके जिल्लाको प्रत्येक पालिकामा पुगेर संगठन बनाउने बाँचा गरे । महापुरुष कार्लमाक्र्स र मालेमावाद एकीकृत जनक्रान्तिको झण्डा बोकेर राप्तीसोनारी तिर लागे । जहाँ जनयुद्धकालिन सहिद चन्दलाल थारु र ओम कुमार थारु, चन्दलाल थारुको घरमा घेटघाट भयो । वेपत्ता जनुकुमारी घर्तिका घरपरिवार,सहिद अमरलाल मौरिया,अम्रीमा मौरिया भिम वहादुर चन्द,हनुमान गोडिया लगायतको घरपरिवारमा भेट भयो ।
सहिद परिवारको भावना निकै मार्मिक छ । उहाँहरु सबैको एउटै स्वर छ खै हाम्रा छोरा छोरीको सपना पुरा भएको ? खै जनयुद्धको आस्वासन पुरा भएको ? खै सहिद परिवार घाईतेहरुको व्यवस्थापन भएको ? खै सरकारमा जाने माओवादी र संसदवादीमा केही फरक भएको ? किन माओवादीहरु विभाजन भएको ? यस्तै तमाम प्रश्नहरु गरे । ती प्रश्नहरुको सबै जवाफ मसंग पनि थिएन । तर हाम्रो पार्टीले जवाफ दिन गरेको क्रान्तिको पहल जे थियो त्यसमा टिकेर उत्तर दिने प्रयास गरे । मैले भने ‘ सत्तामा गएको एकथरी माओवादी साँच्चीकै माओवादी रहेन । उनीहरु संसदवादीसंग घुडा टेके पछि पार्टी विभाजनसम्म पुग्यो । हामी क्रान्तिमै छौ । एकीकृत जनक्रान्ति गरिरहेका छौ । हामी सत्तामा छैनौ । प्रचण्डहरु विग्रिएको सहि हो । उनीहरुलाई समेत रुपान्तरण गराउने कोशिसमा नेकपा लागेको छ । हामीलाई एकपटक साथ दिनुहोस । हामी सहिदको सपना पुरा गरेरै छोड्छौ ।’
हामी संगठन बनाउने अभियानसंगै डुडुवा गाउँपालिकामा पुग्यौ । जनताले विप्लवप्रति धेरैआसा गरेको पाईयो । उनीहरु संगठित पनि भए । अनि ‘विप्लव आउ देश वचाउन’ भन्ने नारा समेत लगाए । यो जनताको अघाध माया थियो । एक महिने अभियानमा बाँकेमा कमिटीको आकार खडा भयो । बाँके जिल्ला पार्टी सचिवालय सदस्य तथा सहिद दुर्ग बहादुर क्षेत्री ( क राजन)को छोरा राकेशले यो देखेर फेसवुकवालमा टिप्पणी गरे ‘विप्लव नेकपाको राजनीतिमा पहिलो पटक वाड कमिटी गठन भयो ।’ यो आफैमा ठुलो कुरा थियो । तर वाड कमिटी सम्म आफै पुगेर गठन गर्दा पार्टी नेतृत्व,कार्यदिशा, कार्यक्रम, कार्ययोजना, कार्यसम्पादन गर्दा साथ सहयोग दिने पार्टी केन्द्रीय सदस्य क नारायण सीको साथ सपोर्ट अभूतपूर्व रहयो र ६ महिनासम्म आफ्नो कार्यक्षेत्रमा एक मिटिङसम्म नबसाल्ने कतिपय कमरेडहरुलाई अप्ठ्यारो भएको अनुभूति पनि गरे ।
सारत बाँकेमा संगठन राम्रो बन्दैछ । राजनीतिक हस्तक्षेप पनि बढेको छ । यो कुरा निरन्तरतामा दिनु पर्छ । समस्यालाई सामाधान गर्ने प्रयास गर्नु पर्छ । मुलतः अन्तरपार्टीपंक्ति,थ्यातिबन्ध्यातीकोे जिम्मेवार तह (पिएचक्यू) को नेतृत्व समेतले ज्वाला खवर पत्रिकाको विज्ञापन मार्फत सहयोग लिनु भनिएको निर्देशन कार्यान्वयनका लागि फिल्डमा जाँदा फेरी तत्कालन नलिनु भनेर निर्देशन दिने कुरा जिम्मेवार पूर्वक नहुनु र हावामा मुक्का हाने जस्तै नयाँ अनुभूति हुनुले गम्भीर बनायो । चार मित्रवर्ग,चार मित्र शक्ति,छ मित्र समुदाय भित्र पनि अट्न नसक्ने जंगेपिलर ठानिएको ‘ज्वाला खवर पत्रिका’ दशगजा भित्रको हो भनेर देख्नु दुखत अनुभूतिको पाटो भयो । जसले क्रान्तिमा योगदान बढी गर्छ त्यसको खिलापमा जानु हास्यास्पद कुरा हो । क्रान्तिकारी पार्टी राजनीतिमा यो खालको सोचको विकास हुनु आफैमा निन्दनीय कुरा हो । यो समस्या र प्रवृतिमाथि क्रान्तिकारी विचार र पार्टीले समयमै सुधार गर्न सके बाँकेमा पार्टी निर्माणमा कुनै समस्या छैन । अन्ततः ‘कठिन परिस्थितिमा बहादुर शाहसी हौं,संसार निडरहरुको निम्ति हो’ भने झै जिल्ला सेक्रेटरी क कल्पना, जिल्ला सचिवालय सदस्य क दिपक लगायतका साथिहरु सहित एकमतले ज्वाला खवर मार्फत पार्टीलाई सहयोग पुग्ने गरी विज्ञापन संकलन गर्न लाग्नु सकरात्मक पक्ष हो । बाँकेको पार्टी अब नयाँ ठाउँमा जाने आसा र अपेक्षा गर्न सकिन्छ । जनतासम्म पार्टी निर्माणका लागि घरदैलो अभियान चलाउनु पर्छ । एक घर एक युवा, एक टोल एक संगठन,एक वाड एक सेल कमिटी बनाउनतिर जोड दिनु पर्छ । जनताको समस्यासंग एकाकार हुनु पर्छ । विगतका विकेन्द्रीत, क्षेत्रगत मानसिकता हटाई एकगुरुपताका साथ नयाँ संकल्प गरेर अगाडि बढेमा बाँकेमा पार्टी निर्माणको कुनै समस्या देखिदैन । जनतामा उर्जा र आसा छ । एकता भित्रको पनि सुदृढ एकता बाँकेमा जरुरी छ । यसले मात्र पार्टीलाई नयाँ उचाईमा पुर्याउने छ । यो नै पार्टी निर्माणको मुख्य आधार हो । यो दिशातिर सबै लागौं ।