भदौ १४, सुर्खेत
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु बिशेष प्रशिक्षण सम्पन्न भएको छ । अखिल ( समाजवादी ) विश्वविद्यालय कमिटीले शुक्रबार मध्यपश्चिम विश्वविद्यालयकाे ग्रायजुयट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीकाे सभाहलमा कार्यक्रम सम्पन्न गरेको हाे कार्यक्रम यहीँ भदौ २८ गते हुने यस विश्वविद्यालयकाे स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु निर्वाचनमा साझ विद्यार्थी प्यानललाई विजय गराउन प्रशिक्षण कार्यक्रमकाे आयोजना गरिएको कार्यक्रम आयाेजकले जानकारी दिएका छन् । कार्यक्रम काे प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष नरेन्द्र सी रहेका थिए । प्रमुख अतिथिले नेपालकाे स्वतन्त्रता विद्यार्थी स्थापना धेरै ठुलो ल्याग र बलिदान काे जगमा स्थापना भएको बताउनुभयो । राजनीति स्वतन्त्रता नेपालकाे परिवर्तनकारी आन्दोलनमा विद्यार्थीले ठूलो भुमिका निभाउदै आएको बताउनुभयो । उहाँले स्ववियु निर्वाचन शैक्षिक आन्दोलन मात्रै नभए र राजनीतिक आन्दोलन पनि भएको जिकिर गर्नुभयो । राजनीतिक आन्दोलन राष्ट्रियताकाे आन्दोलन भएकोले राजनीतिक आन्दोलनबाट राज्य सत्ता परिवर्तन गर्न सकिन्छ । विश्वविद्यालय राम्रो बनाउन र विद्यार्थीका समस्या समाधान गर्न हाम्रो संगठनले निरन्तर विश्वविद्यालयमा पहल कदम गर्दै आएको स्मरण गराउनु भयो । विद्यार्थीहरु लाई उत्पादनमा जाेड्न जाेड दिदै आफ्नो संगठनले केन्द्रमा सी टाला गार्मेट धादिङको च्यात्रेमा स्कुल स्थापना , र बझाङ क्याम्पसमा वृहत् च्याउ खेती काे उत्पादन सुरु गरेको बताउनुभयो । उहाँले यस विश्वविद्यालय का विद्यार्थीका समस्या हरु समाधान गर्ने साझा विद्यार्थी प्यानलका उमेदवार लाई स्ववियु निर्वाचनमा भाेट दिई विजय गराउन अपिल गर्नुभयो । कार्यक्रममा अतिथि नेकपा का केन्द्रीय सदस्य धुब्र सीले । राज्यले युवा विद्यार्थीलाई स्वदेशमा नै बस्ने बाताबरण नबनाएकाे आराेप लगाउनु भयाे । विद्यार्थीलाई पढदै कमाउदै कार्यक्रम मार्फत उत्पादनमा जाेड्नु पर्ने धारणा राख्नु भयाे । श्रम संग विद्यार्थीलाई जाेडे मात्रै देश आत्मनिर्भर र समृद्ध हुन्छ उहाँले भनु भयो । कार्यक्रममा संगठनका कर्णाली प्रदेश इन्चार्जले मध्यपश्चिम विश्वविद्यालय राम्रो बनाउन साझा विद्यार्थी प्यानललाई विजय गराउन अपिल गर्नुभयो । कार्यक्रमकाे विचमा कलाकारले सांगीतिक प्रस्तुति ले मनौरञ्जन गराएका थिए । संगठनका कर्णाली प्रदेश सह इन्चार्ज सुवास सीले कार्यक्रममा विश्वविद्यालयका विभिन्न संकायमा अध्ययनरहत गर्ने उपस्थित विद्यार्थीलाई स्वागत
मनतव्यबाट स्वागत गरेका थिए । कार्यक्रमकाे संचालन अमृता शाहीले गरेको थिइन् भने कार्यक्रम काे अध्यक्षता साझा विद्यार्थी प्यानलका सचिव पदका उमेदवार चिन बहादुर सहकारीले गरेका थिए । सहकारीले कार्यक्रमकाे समाप्न गर्दै कार्यक्रममा उपस्थित भएको विद्यार्थीलाई धन्यवाद दिदै आफू लगायत साझा विद्यार्थी प्यानललाई मतदान गर्न अपिल गरेको थिए ।