< Skip to content
२०८१ मंसिर ९ आईतवार
२०८१ मंसिर ९ आईतवार

मध्यपश्चिम विश्वविद्यालयको १५ औं सभाको बैठक सम्पन्न

काठमाडौं

मध्यपश्चिम विश्वविद्यालय (मपवि) को १५ औं सभाको बैठक सम्माननीय प्रधानमन्त्रीज्यूको निजी सचिवालय बालुवाटार, काठमाण्डौंमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सभाको अध्यक्षता सम्माननीय प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीज्यूले गर्नुभएको थियो । सभामा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईज्यू, कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कंडेलज्यू, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीज्यू, माननीय सांसदज्यूहरू, माननीय पुर्व मन्त्रीज्यू, राष्ट्रिय योजना आयोगका माननीय सदस्यज्यू, मपवि सेवा आयोगका अध्यक्ष तथा सदस्यज्यू, अर्थ मन्त्रालयका सचिवज्यू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवज्यू, कर्णाली प्रदेश सरकारका प्रमुख सचिवज्यू लगायत विश्वविद्यालयका सभासदज्यूहरू तथा आमन्त्रित विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीज्यूले मध्यपश्चिम विश्वविद्यालयले भौतिक एवं शैक्षिक क्षेत्रमा प्रगती गर्दै समग्र कर्णाली प्रदेश र देशको शैक्षिक विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको कुरा व्यक्त गर्नु भएको थियो । उहाँले कर्णालीको प्राकृतिक, मौलिक, सांस्कृतिक र समग्र स्रोत साधनको उच्चतम उपयोग गर्दै मध्यपश्चिम विश्वविद्यालय अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्रको रुपमा आफ्नो भूमिका खेल्नु पर्ने कुरा उल्लेख गर्नु भएको थियो । साथै विश्वविद्यालयमा रहेका चुनौती र समस्या प्रति सरकार र आफु गम्भीर हुनुका साथै उचित सामाधान तर्फ आफ्नो ध्यान केन्द्रित रहेको कुरा व्यक्त गर्नु भएको थियो ।

विश्वविद्यालयको पन्ध्रौं सभामा स्वागत मन्तव्य र विश्वविद्यालयको नीति तथा कार्यक्रम मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यूले प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले विश्वविद्यालयमा २०७४ सालपछि कुनै पनि नयाँ दरबन्दी स्वीकृत नभएको तर २०७४ साल यता थुप्रै कार्यक्रम तथा विषयहरु थपिएको र विद्यार्थी संख्या बढेको भएता पनी थप दरबन्दी स्वीकृत नहुँदा आवश्यक दरबन्दी बिना नै राष्ट्रलाई लागि अती आवश्यक पर्ने प्रावधिक जनशक्ती तथा अन्य जनशक्ति उत्पादन गर्ने कार्यमा अत्यन्तै कठिनाई भएकोले आवश्यक दरबन्दी स्वीकृती कार्यादेशका लागि सम्माननीय प्रधानमन्त्री तथा कुलपतिज्यू समक्ष सादर अनुरोध गर्नुभएको थियो ।

रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले सभाको संचालन गर्नु भएको थियो भने गत आ.व. २०८१/०८२ को बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव पेश गर्नु भएको थियो । सभामा आ.व. २०८१/०८२ को प्रस्तावित बजेट सहितको कार्यक्रम सम्बन्धी प्रस्ताव तथा मपवि आर्थिक–प्रशासनिक नियमावली संशोधन सम्बन्धी प्रस्ताव पेश गरिएको थियो भने सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित भएका थिए । विश्वविद्यालयको १५ औं सभाको समापन माननीय शिक्षा मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईज्यूले गर्नु भएको थियो ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।