< Skip to content
२०८१ मंसिर ९ आईतवार
२०८१ मंसिर ९ आईतवार

सभ्य र शोषणरहित समाजको अन्तीम विकल्प समाजवाद होः सन्तोष सी

सभ्य र शोषणरहित समाजको अन्तीम विकल्प समाजवाद होः सन्तोष सी

२८ साउन,बर्दिया । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले सभ्य र शोषणरहित समाजको अन्तीम विकल्प समाजवाद भएको बताएका छन ।
नेकपा बर्दिया जिल्ला समितिको दोस्रो पूर्ण बैठकलाई आईतवार सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले सभ्य तथा शोषणरहित समाजको अन्तीम विकल्प समाजवाद नै भएको बताएका हुन ।
उनले भने ‘बैज्ञानिक समाजवाद भन्दा अर्को विकल्प छैन, यो व्यवस्था नै समाज विकासको उत्कृष्ट व्यवस्था हो, अहिलेको संकटको निकास पनि समाजवादबाट मात्र निकाल्न सकिन्छ ।’
उनले वर्तमान दलाल संसदीय ब्यबस्थाको आयु छोटिदै गएको भन्दै समाजवादका ढोकाहरु दृष्टि क्षितिजमा खुल्दै गएको दाबी गरे ।
नेता सन्तोषले बैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवादको लागि सिंगो पार्टी पंक्तिलाई एकभएर जनतामा जान निर्देशन दिए ।
उनले जनतामाथि शोषण र दमन मच्चाईरहने दलाल तत्वहरुका विरुद्ध संघर्ष अगाडि बढाउन पनि जोड दिए । उनले भने ‘दलालतत्वहरु टाउको उठाईरहेका छन, मजदुर,किसान र सुकुम्बासीलाई झन् भन्दा– झन गरिब बनाउदै उठिबास लगाईएको छ, अर्कोतिर मिटर ब्याजी,लघुवित्त र बैंङ्कको चर्को ब्याजले जनता पीडित छन,यस विरुद्ध कडा संघर्ष गर्नु होस् ।’
बैठकमा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हिमशिखर सीले जिल्लाको आत्मगत÷बस्तुगत अवस्थाकोबारे विश्लेषण गदै पार्टी योजना जनतामा पुर्याउन सहभागीहरुलाई निर्देशन दिए ।
बैठकले पार्टी जनतासम्म पुगेर संगठन निर्माण गर्ने, दलालहरु विरुद्ध संघर्ष गर्ने, समाजवादी व्यवस्था नै अहिलेको निकासको विकल्प हो अरु हुन सक्दैन भनेर जनतासम्म पुर्याउने लगायतका निर्णयहरु गरेको छ ।
बैठकले क्षेत्र न.१ मा.पहलमान सी र क्षेत्र न.२ मा बलमान सी र गुलरिया नगरपालिकाको इन्चार्जमा हरि सीलाई जिम्मेवारी दिएको छ । बैठक पार्टी जिल्ला सेक्रेटरी टिकाराम सीको अध्यक्षतामा बसेको थियो ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।