< Skip to content
२०८१ मंसिर ९ आईतवार
२०८१ मंसिर ९ आईतवार

नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी समिति बैठक सम्पन्न

 

नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी समिति बैठक सम्पन्न भएकाे छ । शुक्रबार दिउँसोदेखि पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरू भएकाे बैठक केहीबेर अघि सम्पन्न भएकाे हाे ।

बैठकले देशभर अन्तरक्रिया गर्ने, स्कुलिङ चलाउने, सुकुम्वासी समस्या समाधानका लागि, मिटरब्याज, लघुवित्तहरूकाे ज्यादतीविरूद्ध संघर्ष गर्ने, सामना परिवारकाे अभियान चलाउने, ध्रुवीकरणलाई तिब्र पार्ने लगायतका निर्णय भएकाे नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए ।

“बैठकले देशभर नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया गर्ने, भदाै ५ भित्र मुखपत्र प्रकाशन गर्ने, पूर्वमाओवादी र कम्युनिस्ट पार्टीहरूसँग एकता र सहकार्यमा जाेड दिने निर्णय भएकाे छ ।”, उनले भने, “नेपालमा अमेरिकी शैन्य हस्ताक्षेपविरूद्ध संघर्ष गर्ने, उत्पादनलाई व्यवस्थित गर्ने, असाेज २६ देखि ५ दिनसम्म सी उत्सव मनाउने निर्णय भएकाे छ ।”

साथै बैठकले एमसीसीकाेे बिराेध गर्ने र बिआरआईलाई समर्थन गर्ने निर्णय गरेकाे बुझिएको छ ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।