< Skip to content
२०८१ मंसिर १९ बुधबार
२०८१ मंसिर १९ बुधबार

क्यान्सर पीड़ित रामचंद्र अधिकारिलाइ अमर छेत्री फाउंडेसनको सहयोग

भारत – नयाँ दिल्ली

विगत लामो समय देखि भारतमा समस्यामा परेका दुखी-पीड़ित आर्थिक अभावका कारण उपचार गर्न नसकेका पीड़ित नेपालीहरुलाई सहयोग गर्दै आएको अमर छेत्री फाउंडेसनले क्यान्सर पीड़ित रामचंद्र अधिकारीलाइ DcNepal मिडिया मार्फ़त दुइ लाख चालीस हजार नेपाली रकम सहयोग गरेको छ। फाउंडेसन संस्थापक (अमर छेत्री) भन्छन आफु आर्थिक संपन्न देश अमेरिकामा भएतापनि मन मुटु माया नेपाल र नेपाली संग रहेको र नेपाली कुनै पनि देशमा पीड़ित हुँदा पिडा आफुले भोगेको अनुभव हुन्छ। पीड़ित नेपालीहरुलाइ भविष्यमा पनि निरंतर सहयोग रहने आश्वासन दिएका छन।

हिन्दी नेपाली गीत संगीतमा नृत्य गरि दर्शकहरुको मन मुटुमा बस्न सफल भएकी देवी अधिकारी अहिले समस्यामा परेकी छन् । नेपाल घर चितवन, भरतपुर महानगरपालिका वडा न. १२ निवासी देवी अधिकारीको परिवार अहिले अलपत्र अवस्थामा परेको छ। मध्यम वर्गीय परिवार रहेको घरको आर्थिक ऑटो चालक श्रीमानमा निर्भर तर श्रीमान नै बिरामी परे पछि सामान्य खुशहाल जीवन अंधकारमा परिवर्तन भएको छ। उन्ही भन्छिन “श्रीमती – देवी अधिकारी ” सुरुवाती स्तरमा रामचंद्रको स्वास्थ्यमा सुधार नहुदा उनलाई चितवनको BP कोइराला मेमोरियल अस्पतालमा भर्ना गरियो। डॉक्टर हरुले पीड़ितमा ब्लड क्यान्सर भएको जानकारी दिए । घर को मूल व्यक्ति, आर्थिक स्रोतको पात्रमा नै यसरी भयानक रोग देखा परे पछि परिवारमा आर्थिक भौतिक बज्रपात भयो ।

७ महीना को उपचार पश्चात स्वस्थ्यमा सुधार नहुदा उनलाई भारतको राजधानी नयाँ दिल्ली स्थित राजीव गाँधी क्यान्सर अस्पतालमा रेफर गरियो। पिडितलाई बचाउनका लागि डाक्टरले बोन मेरौ प्रत्यारोपण गर्ने पर्ने सुझाव दिए। आफु संग भएको पुर्खेली जमिन बिकी सकेको, घर पनि बैंकमा धरौटी राखी रकम लिएको, आर्थिक अवस्था कमजोर, वैदेशिक भूमि, चिनजानको व्यक्ति नहुनु यो अवस्थामा श्रीमानको उपचार भारतको निजी अस्पतालमा गर्नु असम्भव नै थियो। तर श्रीमान बचाउने ठूलो सपना लिएर देवी अधिकारी दिल्लीमा भौतरी रहेकीछिन। यो दुर्लभ रोग उपचारमा अहिले सम्म लगभग ५५ लाख रूपया सकियो तर श्रीमान बचाउने आशा भरोसा देवी अधिकारीले छोड़िकी छैनन। अस्पतालले अझै ३ महीना अस्पतालकै देख रेखमा राख्नु पर्छ भनेका छन र आर्थिक आशा भरोसा भनेको सामाजिक संझाल मार्फ़त उठेको रकममा निर्भर छ।

वर्तमान समयमा विशेष गरि भारत प्रवाशमा प्रत्येक दिन हामी श्रीमतीले समस्या परेको बेला श्रीमान लाइ छाडिदिने अर्कै संग नाता जोडेको समाचार देखि रहेका छौ तर यो अवस्थामा देवी अधिकारी समाजका लागि उदहारण प्रस्तुत गरेकीछिन। बच्चाहरु नेपालमा एक्लै, आर्थिक स्रोत शून्य, बैदेशिक भूमि, बिरामी श्रीमान संग एक्लै श्रीमान बचाउन भारतको रोहिणी स्थित राजीव गाँधी क्यान्सर अस्पातलमा रात दिन लागि परेकीछीन ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।