कैलाली
करिब ६ ग्राम लागू ओैषध (खैराे हेराेईन ) र बिभन्न प्रकारका ३०४ किसिमका ट्याबलेट सहित चार जना पक्राउ परेका हुन ।
मिति २०८१।०८।१४ गते ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिई गएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली, टिकापुर नगरपालिका वडा नं. ०९ खक्रौला स्थित सडक खण्डमा भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आउदै गरेको जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं. ०१ बस्ने बर्ष अन्दाजी २१ को बिशाल शाहीको शरीर खानतलासी गर्दा निजले लगाएको जिन्सको पाईन्टको अगाडीको बाँया खल्तीमा सेतो प्लाष्टिकले बेरी लुकाई-छिपाई राखेको ४ ग्राम ६१० मिलिग्राम भएको लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला परेकाे थियाे ।
अहिले उनिहरुलाई प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भईरहेको, त्यसैगरी ईलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. ०५ गेटा स्थित शंकास्पद रुपमा हिडिरहेको अवस्थामा जिल्ला कैलाली घनगढी उप-महामगरपालिका वडा नं. १३ बस्ने बर्ष अन्दाजी २३ को प्रबिन रानालाइ चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ३१० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरी निजलाई समेत पक्राउ गरि थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको र जिल्ला कैलाली लम्की-चुहा नगरपालिका वडा नं. ०४ स्थित बलियामा ला.औ.(ट्याबलेट) सेवन तथा बेचविखन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले ऐ. ऐ. बस्ने वर्ष अन्दाजी २० को खेमराज जैशी र ऐ.ऐ. बस्ने वर्ष २२ को धिरज चौधरीलाई बाटोमा हिडडुल गरिरहेको अवस्थामा शंका लागि रितपुर्वक खानतलासी गर्दा निज दुवै जनाको साथबाट ८० वटा Tramadol, २० वटा Tab Spas Mid र १६ Tab Avil फेलापारी बरामद गरी निज दुवै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय लम्कीमा राखि थप अनुसन्धान कार्य भईरहेको जनाएकाे छ ।