< Skip to content
२०८१ मंसिर ८ शनिबार
२०८१ मंसिर ८ शनिबार

नेपाल पञ्चाङ्ग समिति द्धारा भाइटिकाकाे साइत सार्वजनिक

काठमाडौं

नेपाल पञ्चाङ्ग समितिले टिकाकाे साइत सार्वजनिक गरेकाे छ ।

कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका थिय।
ढुङ्गेलका अनुसार पश्चिम माेहडा गरेर भाइटिका लागाउन उत्तम रहेकाे र नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने बताएका छन ।

नेपालीको दोस्रो ठूलो चाड तिहार लाईमानिने भएकाेले याे भाेलिदेखि शुरू हुँदैछ । आज धनत्रयोदशी बाट सुरु हुने भएकाे छ ।

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीवार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रवार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक १७ गते शनिवार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीवार छठ पर्व परेको पनि समितिले जनाएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार भाेलिदेखि शुरू हुँदैछ । भाेलि धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने पर्सि बुधवार परेको छ । कागतिहार पनि बुधवार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधवार नै मनाइन्छ ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।