< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

नेपाल शिक्षक महासंघले दसैँपछि देशव्यापी आन्दाेलन गर्ने

काठमाडाैँ-
नेपाल शिक्षक महासंघले दसैँपछि देशव्यापी आन्दाेलन गर्ने भएकाे छ। शिक्षक-कर्मचारीकाे मागमा सरकारले सहमति जनाएर पनि कार्यान्वयन नगरेकाे भन्दै महास‌ंघले दबाबपूर्ण आन्दाेलन गर्ने निर्णय गरेकाे हाे।

आन्दोलनकै तयारीका लागि यही भदौ १३ र १४ गते काठमाडौँमा महासंघमा आबद्धसंबद्ध घटकको बैठक बसेको थियो। उक्त बैठकले शिक्षक-कर्मचारीकाे माग कार्यान्वयन र शिक्षा ऐन जारी गर्न आन्दाेलन गर्ने निर्णय गरेकाे संस्थागत विद्यालय शिक्षक युनियन,राष्ट्रिय समिति (ईस्टू) का कार्यवाहक महासचिव भूपाल उप्रेतीले जानकारी दिए।

उनले भने,‘‍शिक्षक-कर्मचारीका समस्या समाधान गर्न सरकारले नै गरेकाे सहमति कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी गर्न दबाब स्वरूप आन्दोलन गर्ने घोषणा भएकाे छ। दसैँपछि आन्दाेलन गर्ने कुरा भयाे। आन्दाेलनकाे माेडालिटीबारे छलफल पनि हुँदैछ।’

उप्रेतीले शिक्षक महासंघकाे महासचिवको टुंगो पनि चाँडै लाग्ने जानकारी दिए। उनले भने,‘केही प्राविधि कुरा बाँकी छ। वार्ता भइरहेको छ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।