ताजा समाचार
दुई जना चालक बीच कुटाकुट एक जना घाइते

कैलाली
कैलालीकाे टिकापुरमा दुई जना चालक बीच कुटाकुट हुदा माेटरसाईकल चालक सक्त घाइते चएका छन ।
टिकापुर नगरपालिका -१ मुक्त कमैया शिविरमा बस्ने सुदूरपश्चिम प्रदेश ०१००१ प ७१९५ नम्बरको माेटरसाईकलका चालक प्रेमलाल चाैधरी र भे १स ९२६६ नम्बरकाे अटाे चालक जगत चाैधरी बीच एक आपसमा कुटाकुट भएकाे छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नबिन बुढाथोकीका अनुसार मोटरसाइकल चालक प्रेमलाल चौधरीले अटो चालक जगत चौधरीलाइ बाटो नछोडेकोे निहुँमा आफैँ अटोलाइ धक्याइ हटाउँदा दुबै चालकबिच वादविवाद भएको थियो। सोही क्रममा उनीहरुबीच कुटाकुट भएको डिएसपी बुढाथोकीले बताए।
कुटाकुटपछि मोटरसाइकल चालक प्रेमलाल चौधरी घाइते भएका छन्। उनलाई टीकापुरमा समान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ। चालक र अटोलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।