मिति: ३ बैशाख २०८२, बुधबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
कसैको दयाले उत्पीडित जातिको मुक्ति सम्भव हुदैनः नेकपा प्रवक्ता प्रकाण्ड सी – Darsan Nepal
ताजा समाचारराजनीति

कसैको दयाले उत्पीडित जातिको मुक्ति सम्भव हुदैनः नेकपा प्रवक्ता प्रकाण्ड सी

१२ माघ, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले कोही कसैको दयाले उत्पीडित जातिको मुक्ति सम्भव नहुने बताउनु भएको छ ।
श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय समितिको सातौं पूर्ण बैठकलाई शनिवार प्रमुख अतिथिको रुपमा सम्धोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले कसैको दयाले उत्पीडित जातिको मुक्ति सम्भव नहुने बताउनु भएको हो ।
उहाँले नेपालका उत्पीडित श्रमिक समुदायहरुले आफ्नो मुक्तिका लागि दलाल पुँजीवादका विरुद्ध एकीकृत जनक्रान्तिको वर्गसंघर्षसंगै एकाकार हुनुपर्ने बताउनु भयो ।
उहाँले उत्पीडित वर्ग, समुदाय नै अन्तिमसम्म क्रान्तिकारी बनिरहन सम्भव रहेको दाबी गर्दै आफ्नो मुक्तिका निम्ति उत्पीडित वर्ग समुदायले फेरी पनि दोब्बर मेहेनत गर्न आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘कसैको दयाले मुक्ति सम्भव हुदैन, लडेर खोसेर अधिकार लिनु पर्छ,उत्पीडित वर्ग समुदायहरु एकताबद्ध हुदै ध्रुवीकरण हुदै एकीकृत जनक्रान्तिको संघर्षमा जुट्नु पर्छ ।’
उहाँले नेपालमा साम्राज्यवादले नयाँ रवि ल्याउन खोजिरहेको पनि खुलासा गर्नु भयो । रविबाट नेपालमा आफ्नो स्वार्थ पूरा नहुने देखेपछि पश्चिमा शक्तिहरुले बालेन जस्ता पात्रहरूलाई अगाडि सारेको जिकिर गर्नु भयो ।
शुक्रबारदेखि शनिवारसम्म काठमाडौंमा चलेको मोर्चाको बैठकले छैटौं राष्ट्रिय सम्मेलन छिट्टै गर्ने निर्णय गरेको मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सीले जानकारी दिनु भयो ।
देशभर श्रमिक समुदायमाथि भइरहेका विभेदविरुद्ध सशक्त संघर्ष गर्ने, उत्पादनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने, विभिन्न जातीय संगठनहरुसंग प्रभावकारी सहकार्य गर्ने, वैदेशिक हस्तक्षेप विरुद्धको संघर्षमा सहभागी हुने लगायतका बैठकले निर्णय गरेको मोर्चाले जनाएको छ । बैठक मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा वसेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button