मिति: ६ बैशाख २०८२, शनिबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
थोल्म हत्याकाण्डको २४ औं स्मृति दिवस मनाईदै – Darsan Nepal
कर्णाली प्रदेशताजा समाचारराजनीति

थोल्म हत्याकाण्डको २४ औं स्मृति दिवस मनाईदै

२४ बर्ष अघि २०५७ साल पुस २७ गते आजैका दिन फूकोटको थोल्मगाउँमा तत्कालिन हत्यारा प्रहरी जत्थाले माओवादीका जिल्ला स्तरका २ नेता विवस, इन्द्रजीत र १जना छापामार सदस्य मदनको विभत्स हत्या गरीएकाे थियाे

२७ पुस, कालिकोट

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा (माओवादी केन्द्र)र रास्कोट नगरकमिटीको संयुक्त आयोजनामा आज २४ औं थोल्म हत्याकाण्ड स्मृति दिवस मनाइदै छ ।

 


२४ बर्ष अघि २०५७ साल पुस २७ गते आजैका दिन फूकोटको थोल्मगाउँमा तत्कालिन हत्यारा प्रहरी जत्थाले माओवादीका जिल्ला स्तरका २ नेता विवस, इन्द्रजीत र १जना छापामार सदस्य मदनको विभत्स हत्या गरेका थिए ।
स्युनाको मौलाकोट प्रहरी चौकीवाट सिआईडी सुराकीको योजनामा गस्तीमा गएको प्रहरीले सो हत्याकाण्ड गरेको हो ।
थोल्मगाउँमा नेकपा (माओवादी)ले पुस २७ गते शिक्षकहरुको अन्तरक्रिया कार्यक्रम राखेको थियो । अन्तरक्रिया कार्यक्रम सुरु नहुदै प्रहरीले घेरा हालेपछि लडाई सुरु भएको थियो ।
माओवादीको तर्फवाट ६ जना छापामार सदस्य र उनीहरुको पनि हातमा बन्दुर मात्र रहेको थियो ।
कार्यक्रममा सहभागी हुन शिक्षक र कार्यकर्ताहरु आउन सुरु गरेका थिए । करिव २५ बढी शिक्षक तथा कार्यकर्ता आईसकेका थिए ।
माओवादी छापामारको हातमा बन्दुक मात्र भएकाले लडाई धेरै लड्न सक्ने अवस्था थिएन । अत्याधुनिक हतियार सहित गस्तीमा पुगेको २५ जनाको प्रहरी जत्थाले अन्तत माओवादी नेता कार्यकर्तालाई भिरतिर लखेटन पुग्यो । बाटो समेत अप्ठयारो र भाग्न नसक्ने ठाउँ भएकाले माओवादी तर्पm ठुलो क्षति भयो ।
चारैतिर प्रहरीको गोलीको वर्षा भएपछि नेकपा माओवादीका तत्कालिन जिल्ला पार्टी सचिवालय सदस्य तथा रास्कोट एरियाका इन्चार्ज विश्वनाथ योगी (विवस), जिल्ला पार्टी सदस्य तथा वाजुरा एरिया इन्चार्ज पुष्पराज न्यौपाने (इन्द्रजीत) र छापामार सदस्य मदनको प्रहरीको गोलीवाट उच्च साहदत्त भएको थियो ।
हत्याराा प्रहरीले घाईते अवस्थामा कव्जा गरेका इन्द्रजीत र मदनलाई चरम यातना दिएर हत्या गरेका थिए ।
सोही घटनालाई विप्लव नेतृत्वको नेकपाले हरेक बर्ष स्मृति दिवस मनाउदै आएको छ । यो बर्ष भने नेकपा र नेकपा (माओवादी केन्द)्रको संयुक्त आयोजनामा सहिद इन्द्रजीतको गाउँ चुत्रिकोटमै स्मृति दिवस मनाउन लागेको नेकपाले जनाएको छ ।
कार्यक्रममा सहिदहरुको फोटोमा माल्याअर्पण गर्नुका साथै सहिद परिवारहरुलाई सम्मान गर्ने कार्यक्रम छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button