मिति: ६ बैशाख २०८२, शनिबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
आफ्नो गल्ती र असफलता ढाकछोप गर्न संविधान संसोधनको नाटक गरियो – विप्लव – Darsan Nepal
ताजा समाचारराजनीति

आफ्नो गल्ती र असफलता ढाकछोप गर्न संविधान संसोधनको नाटक गरियो – विप्लव

नेपाली जनता र देशको हितमा काम गर्न असफल भएपछि जनतालाई कसरी ढाँट्न सकिन्छ

सुनसरी

नेकपाका महासचिव विप्लव सी ले अहिले सत्तामा रहेका काङ्ग्रेस र एमालेले आफ्ना गल्ती र असफलताको ढाकछोप गर्न संविधान संसोधनको नाटक मञ्चन गरिएको उल्लेख गरेका छन्।

आज सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संसदीय पार्टीहरुले देश र जनताको हितमा काम गर्दा कानुनले बाधा पुर्‍याए संशोधन गर्न आवश्यक भएपनि आफ्नो अपराध र गल्तीको ढाकछोप गर्न गरिने संसोधन अपराध सरह भएको उल्लेख गरेका हुन्।

पछिल्लो समय नेपाली काङ्ग्रेस , एमाले र माओवादी पुजीवादीहरुको पार्टी बनेको र उनिहरु चरम अपराधिक गतिविधिमा संलग्न हुँदै गएकाले आफ्ना असफलता र अपराधको ढाकछोप गर्न संविधान संसोधन गर्न लागिपरेका बताएका हुन्।

नेपाली जनता र देशको हितमा काम गर्न असफल भएपछि जनतालाई कसरी ढाँट्न सकिन्छ भन्ने गलत मनसाय बोकेर हिँड्नेहरुले देश र जनताको हकहितका लागि काम गर्न नसक्ने समेत विप्लवले ठोकुवा गरेका हुन्। अब देश र जनताको एक मात्र विकल्प समाजवादी व्यवस्था भएकोले अब सबै यहि बाटोमा आउनुपर्ने समेत विप्लवले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button