< Skip to content
२०८१ मंसिर २० बिहीबार
२०८१ मंसिर २० बिहीबार

कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

कालिकोट

२०८१ मङ्सिर १६ गते

१६ मंसिर,कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका वडा नम्वर ४ को वडाध्यक्षको उप चुनावमा नेमकिपाका खडकराज शाही विजयी हुनु भएको छ । उहाँले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो ।
विजयी हुनु भएका खड्कले १ सय ४३ मत पाउनु भयो भने माओवादीबाट चुनाव लड्नु भएकी नैशोभाले १ सय १५ मत पाउनु भयो । एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९ मत पाउनु भयो । यस्तै राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले समान १५÷१५ मत मात्र पाएका छन । ४ मत बदर भएका छन । राप्रपा र रास्वपाका उम्मेदवारको जमानत जफत भएको छ । रास्वपाका उम्मेदवारले ५ मत मात्र पाएका छन ।
२०७९ मा माओवादी, एमाले, कांग्रेसको गठबन्धन गरेर माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीलाई मलामी गएको अवस्थामा ०७९ असोज २३ गतेको पहिरोले बेपत्ता बनाएपछि उपचुनाव भएको हो । उहाँकी पत्नी नैशोभा वडा अध्यक्षत पदमा लडेपनि थोरै मतान्तरले प्राजित हुनु भएको हो । २०७४ मा वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।