काठमाडौं
तिहार सकिए पछि राजधानी लगाएत तराईका विभिन्न जिल्लाहरुमा छठ घाट निर्माण कार्यसुरु भएकाे छ ।
काठमाडौंकाे पशुपति क्षेत्रस्थित गुह्राेश्ररीकाे किनारमा पनि आकर्षणरुपमा छठ घाट निर्माण गरिएकाे छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट बनाएर पूजा स्थलकाे निर्माण भइरहेको तिब्र रुपमा भैरहेकाे गाैरीघाट पूजा समितिले जानकारि दिएकाे छ ।
छठ पूजा समितिलाई पशुपति क्षेत्र विकास काेषले सहयोग गर्दै आएकाे छ । गत बर्ष पशुपति काेषबाट ६ लाख सहयोग गरिएकाे थियाे । यश बर्ष पनि काेषबाट सहयोग गर्ने वाचा गरेकाे समितिले जनाएकाे छ ।
पशुपति बिकास काेषले सहयोग गर्दै आएता पनि एउटा घाटमा पूजा गरे बापत एकहजार शुल्क लिने गरेकाे छ ।यश क्षेत्रमा पूजाकाे निम्त ६७५ वटा पूजा स्थल निमार्ण गरिएका छन ।
साथै कमलपाेखरि ,लगाएत विभिन्न स्थानहरुमा छठ मनाउन छठ घाट निर्माण भैरहेका छन ।
उदाउँदो र अस्ताउँदै गरेकाे सूर्यलाई अध्र्य दिएर छठ मनाईन्छ । कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ यसमा कार्तिक कृष्ण प्रतिपदा देखि लसुन ,प्याज,खाद्यन जस्ता खाने कुरा नखाई व्रत बसी छठघाट भित्र प्रवेश गरि सूर्यलाई पूजा आराधना गर्ने गरिन्छ ।
छठ पर्व काठमाडौं लगाएत तराईका विभिन्न जिल्लाहरु र फाट्टफुट्ट पहाडी जिल्लाहरुमा याे पर्व मानाहिन्छ ।