< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

स्पष्टीकरण सोधेपछि विन्दाकाे जवाफ जसले करोड दिन्छ उसले अर्ब फिर्ता गर्ने सोच राखेको हुन्छ

काठमाडौं

नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पार्टीलाई जसले करोड दिन्छ उसले अर्ब फिर्ता गर्ने सोच राखेको हुने बताएकी छन् । आइतबार पार्टी सचिवालय बैठकले स्पष्टीकरण सोधेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुरा बताएकी हुन् ।

नेतृ पाण्डेले विगत भूमिगतकालदेखि जनताको एक एक पैसा जम्मा गरिएर निर्माण भएको पार्टीमा करोड दिएर अरब फिर्ता गर्ने सोच भएका मान्छेहरु हाबी हुन थालेको बताएकी छन् । उनले भूमिगतकालमा सेल्टर लिएर बस्दा जनताको सामिप्यताको प्रसंग जोड्दै त्यसबेला एक एक पैसा जम्मा गरेर पार्टी जोगाउने श्रमजीवी जनता कहाँ छन् ? भनेर प्रश्न समेत गरेकी छन् ।

एमाले सचिवालय बैठकले नेतृ पाण्डेसहित नेताद्वय भीम रावल र उषकिरण तिम्सेनालाई केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।