विरगंज
वीरगंज महानगरपालिका -१४ गण्डक चाेकबाट एक हजारका दरका ४७ थान नक्कली नाेटसहित एक जना भारतिय नागरिक पक्राउ परेका छन ।
वीरगंजबाट हेटाैंडा तर्फ जाँदै गरेकाे बा.०३ख.२१४७ नम्बरको मिनि बसमा चेकजाँच गर्ने क्रममा उनी अत्तालिएकाे अवस्थामा संकाकाे आधारमा उनलाई चेक गर्ने क्रममा नक्कली पैसा भेटिएका थिय।
नक्कलि नाेटकाे काराेवार गर्ने बिहार राज्य माेतिहारि पञ्चायत रामगढवा नन्दपुरका २०वर्षिय कृष्ण कुमार महताे रहेका छन ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।